कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अरुण खोलाको पुल भाँच्चिदा यात्रुलाई सास्ती

कान्तिपुर संवाददाता

नवलपरासी — व्यस्त पूर्व-पश्चिम महेन्द्र राजमार्गको अरुणखोला पुल भाँचिएका कारण यातायात सूचारुका लागि निमार्ण गरिएको डाइभर्सन सडकमा एकोहोरो गाडी सञ्चालन समेत हुन सकेको छैन । खोलामा बनाइएको डाइभर्सन कच्ची सडकमा यात्रुहरु २४ घण्टा बढी समय जाममा परेका छन् ।

अरुण खोलाको पुल भाँच्चिदा यात्रुलाई सास्ती

ट्राफिक व्यवस्थापन नभएका कारण लामो जाम हुने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले बताए । पूर्वी नवलपरासीका जिल्ला ट्राफिक प्रमुख सुरेशकुमार शाह भने व्यवस्थापन नभएको कुरा मान्न तयार छैनन् ।


उनले खोलामा बाटो काट्न बनाइएको डाइभर्सन सडकमा गाडीहरु सररर हिँड्न सक्ने अवस्था नभएका कारण जाम हुने गरेको दाबी गर्छन् । डाइभर्सन सडक दुइतर्फी खुल्ने अवस्था नभएसम्म यात्रुले २० घण्टा भन्दा बढी जाममा फस्न बाध्य हुने उनको भनाई छ । राजमार्गमा दोहोरो जाम हुन नदिन प्रयाप्त सुरक्षाकर्मी परिचालन गरिएको देखिँदैन ।

प्रकाशित : श्रावण ३१, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?