कसरी उद्धार गरियो नारायणीमा बगेका युवालाई ?

कान्तिपुर संवाददाता

चितवन — देवघाटमा बोलबमको जल लिन नदीभित्र पसेका बेला बगेका एक युवकको सोमबार सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको छ ।

भरतपुर महानगरपालिका-१३ श्रीपुर फुलबारी गाउँका २५ वर्षीय रमेश परियार देवघाटमा नुहाउने क्रममा नदीमा बगेका थिए ।
बग्दै झण्डै सय मिटर तल पुगेका उनलाई सशस्त्र प्रहरीका गोताखोर ओम सलामी मगरले उद्धार गरेका हुन् ।

प्रकाशित : श्रावण २१, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्

चावहिल-चुच्चेपाटी सडक निर्माण सम्पन्न गर्न माग गर्दै स्थानीयको विरोध, यातायात अवरुद्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — चावहिल-चुच्चेपाटीका स्थानीयले सो सडक केही समय अघि देखि अवरुद्ध पारेका छन् । समयमा नै बिस्तार गरिएको सडक तथा ढल निर्माणको काम नसकाएको भनेर स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार बिहान १० बजे डेढ-दुई सय स्थानीय जम्मा भएर सडकमा नाराबाजी गरिरहेका छन्। उनीहरुले समयमा काम नसकाउने ठेकदारलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन्।

प्रकाशित : श्रावण २१, २०७६ १०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्