मेरो मानहानी भो : सांसद राजेन्द्र महतो

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबारको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले ‘आइतबार सरकारले सार्वजनिक गरेको राजेन्द्र महतो को हो ?’ भन्ने प्रश्न गरेका छन् ।

उनले आफ्नो नाम नागरिकतासँग जोडिएकामा आपत्ति जनाए। उनले भने, 'सभामुख ज्यु यसले मेरो मानहानी भयो, कहाँ उपचार गर्न जाउँ, मलाई कसले उपचार दिन्छ?'

प्रकाशित : श्रावण २०, २०७६ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्

धरानमा डेंगु नियन्त्रण हुन सकेन

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा डेंगु देखिएको तीन महिना बितिसक्दा पनि नियन्त्रण हुन सकेको छैन । हालसम्म ४ हजार जनामा डेंगुको संक्रमण देखिएको छ । साउन महिनामात्रै करिब ७ सय २० जना डेंगु संक्रमित बिरामी थपिएका छन् । धरानका प्रत्येक घरमा डेंगुका बिरामी भेटिनेक्रम रोकिएको छैन । कतिपय घरमा ७ जनासम्म संक्रमित भेटिएका छन् ।

धरान उपमहानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुवेदी सरोकारवालासँग डेंगु नियन्त्रणबारे छलफल गर्दै । तस्बिरः प्रदीप/कान्तिपुर

स्थानीय निजी प्रयोगशालामा डेंगुको परीक्षण गराउँदा डेंगु संक्रमित धेरै मानिसहरू अस्पताल नगइ घरमै बसेको कारणले धरानमा अझ धेरै संक्रमित हुन सक्ने बताइएको छ । एउटै सहरमा ४ हजार जना संक्रमित भएपछि प्रदेशसभाले धरानलाई डेंगु संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

धरान उपमहानगरपालिकाले डेंग नियन्त्रणका लागि ३० लाख खर्च गरिसकेको छ । डेंगुको प्रकोप घट्नुको सट्टा बढेको बढ्यै छ । अहिले दैनिक रूपमा २५ जनासम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न पुग्ने गरेका छन् । अरू निजी क्लिनिक र अस्पतालमा जानेको संख्या झन् बढी छ ।

प्रकाशित : श्रावण २०, २०७६ १६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्