कस्तो ठाउँमा बनाइन्छ पानीपुरी ?

कान्तिपुर संवाददाता

काठमाडौँ — तपाईँ पक्कै पनि पारी पुरीको पारखी हुनुहुन्छ होला । चोक बजार जहाँ पानी पुरी चटपटे राखिएको हुन्छ, त्यहाँ भीड भएपनि पालो पर्खिएर तपाईँ त्यसको स्वाद नलिई गन्तव्यतर्फ जानुहुन्न । अबदेखि खानुअघि एक पटक सोच्नुहोस् । कस्तो खानेकुरा खाइरहेको छु, त्यो स्वस्थ्यकर छ/की छैन, ख्याल गर्नुस् ।

कस्तो ठाउँमा बनाइन्छ पानीपुरी ?

साताअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीमा पानीपुरी बनाउने कारखानामा छापा मार्दा फोहोरै फोहरमा बनाइएको भेटिएको थियो । विभागका अनुसार काठमाडौंको नाम चलेका ठाउँ र सपिङ मल अगााडीका पसलहरुमा उक्त पानीपुरी उत्पादकले सप्लाई गर्दे आएका थिए ।


विभागका अनुगमन शाखा निर्देशक शोभाकर रेग्मीका अनुसार कंलकीमा शत्रुधन महतोले सञ्चालन गरेको पानीपुरी कारखानामा साबुन बनाउने तेल, म्याद नाघेको मैदा पानीपुरीमा प्रयोग गरिएको थियो । आकाशको पानी संकलन गरेर पिठो मुछ्ने गरिन्थ्यो । खुट्टाले पिठो मुछ्ने । पानीपुरी बनाउने वरिपरी अत्याधिक फोहोर, घिनलाग्दो थियो । उक्त पानी पुरी बनाउने ठाउँको नाममा खाद्य अनुज्ञापत्र, व्यवसाय दर्ता समेत थिएन


पानीपुरी बनाउने वरिपरी अत्याधिक फोहोर र घिनलाग्दो रहेको विभागले जनाएको छ । उक्त पानीपुरी बनाउने ठाउँको नाममा व्यवसाय दर्ता समेत थिएन ।


महतोले दैनिक ५ भ्यान उपत्यकाका होटल, विवाह, सपिङ मल अगाडीका पसलहरु लगायतका ठाउँमा पानीपुरी सप्लाई गर्दै आएका थिए ।

त्यस्तै खालको पानीपुरी बनाउने ललितपुर, कोटेश्वर, बाफलगरी थप ४/५ ठाउँबाट उजुरी परेको छ । तिनीहरुले नै उपत्यकाको माग धान्दै आएका छन् ।

प्रकाशित : श्रावण २०, २०७६ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?