जब मलेखु खोला निर्माणाधीन हुआनसी नारायणी सिमेन्ट उद्योगमा पस्यो... [भिडियो]

हरिहरसिंह राठौर

ताल्तीखोला (धादिङ) — मध्यरातमा उर्लेको मलेखु खोलाले चिनियाँ लगानीमा निर्माणाधीन हुआनसी नारायणी सिमेन्ट उद्योगमा क्षति गरेको छ । बाढीले मजदुरका आवास, उद्योगका निर्माणाधीन संरचनामा पूरै क्षति गरेको छ ।

बाढीले मजदुरका आवास, उद्योगका निर्माणाधीन संरचनामापूरै क्षति गरेको छ। आइतबार रातभरको वर्षाले खोला बढ्न थाले पछि बगरमा रहेका मजदुर तथा प्राविधिक आवास खाली गराएर नजिकैको पिपल भन्ज्याङ माविमा सारिएको थियो।

प्रकाशित : असार ३०, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल भन्छन्- 'विपन्न वर्ग कर्जालाई व्यवस्थित गर्छौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल मौद्रिक नीति तर्जुमा प्राविधिक पक्ष रहेको बताएका छन् । सरकारले तय गरेको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्न मौद्रिक नीतिले सहयोग पुर्‍याउने, मूल्य वृद्धि सीमाभित्र राख्ने र वित्तीय स्थायित्व कायम गर्ने गरी राष्ट्र बैंकले आगामी मौद्रिक नीति बनाउने उनको भनाइ छ ।

'सरकारको साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्तिमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिरहेका छौं,' उनले भने, 'उत्पादनमूलक क्षेत्रको परिभाषा केही परिमार्जन गर्दै छौं । उत्पादनमूलक क्षेत्रमा ऋण लगानी बढाउन र ठूलो मात्रामा रोजगारी सिर्जना गराउन यसो गर्न लागिएको हो ।'

प्रकाशित : असार ३०, २०७६ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्