लिबियामा नेपाली शरणार्थी रहेको क्याम्प बाहिर गोली चल्दा भित्र त्रासदी

जनकराज सापकाेटा

काठमाडौँ — गत मंगलबार लिबियाको त्रिपोली नजिकैको एक आप्रवासी कामदार बस्ने क्याम्पमा विद्रोही समूहले गरेको हवाई आक्रमणमा लमजुङ बेंसीसहरका सन्तोष श्रेष्ठको मृत्यु भयो । सन्तोष जसरी नै एजेन्टको सेटिङमा लिबिया पुगेका आठ जना भने शुक्रबार मात्रै नेपाल फर्किए ।

नेपाल फर्केकाहरुले लिबियामा द्वन्द्व चर्किन थालेपछि आफूहरु अवैध रुपमा इटाली छिर्न खोजेको र त्यही बेला सामुद्रिक सुरक्षाका निम्ती खटिएका सुरक्षाकर्मीले लिबिया नै फर्काइदिएको बताए। लिबियाको त्रिपोली नजिकैको एक क्याम्प राखिएका नेपालीहरुले त्यहाँ प्रत्येक दिन जसो विद्रोही समूहहरु र माफिया ग्रुपबीच हुने दोहोरो भिडन्तको आवाज सुन्न पाए।

लिबियाबाट फर्केका एक नेपालीले दोहोरो फायरिङ चलेका बेला क्याम्प भित्र बसिरहेका आप्रवासीबीच फैलिने आतंक र चिच्याहटको भिडियो खिचेका थिए। क्याम्प बसाइका बेला उनको मोबाइल, राम्रा कपडा र साथमा भएका केही सय डलर लुटिएपनि उनले मोबाइलको मेमोरी कार्ड अन्डरवेयरमा लुकाएर राखेका थिए।

शुक्रबार काठमाडौं ओर्लेपछि उनले त्यही मेमोरी कार्ड कान्तिपुरलाई उपलब्ध गराए। जसमा आप्रवासी क्यापभित्र बसेका बेला बाहिर हुने दोहोरो फायरिङले कस्तो आतंक सिर्जना गर्थ्यो र लिबियामा अहिले हिंसाको कुन स्थिति छ भन्ने बुझाउँछ।

प्रकाशित : असार २०, २०७६ १६:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

लिबियाबाट फर्केका पूर्ण अधिकारीले भने, 'बरु नेपालमा हलो जोतेर खानुस्, बिन्ति छ अवैध बाटोबाट परदेश नजानुस्'

जनकराज सापकाेटा

काठमाडौँ — अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) को सहयोगमा द्वन्द्वग्रस्त लिबियाबाट शुक्रबार फर्केका आठ जनाले महिनौं लामो कष्टकर बसाईपछि बल्लतल्ल बाँचेर नेपाल फर्केको बताएका छन् ।

गत मंगलबार त्रिपोली नजिकैको एक आप्रवासी कामदार बस्ने क्याम्पमा विद्रोही समूहले गरेको हवाई आक्रमणमा उनीहरुसँगै लिबिया पुगेका लमजुङ बेंसीसहरका सन्तोष श्रेष्ठको मृत्यु भएको थियो। त्रिपोलीबाट अवैध रुपमा डुंगा चढेर इटाली छिर्न खोजेका आठ जनालाई भने सामुन्द्रिक सुरक्षा गार्डले फर्काएपछि झण्डै एक महिना आप्रवासी क्याम्पमा बसेर उनीहरु नेपाल फर्किएका हुन्।

शुक्रबार बिहान सात बजे टर्किस एअरलाइन्समार्फत काठमाडौं आएका पीडितहरुले कान्तिपुरसँग महिनौ लामो कष्टसाध्य यात्राको कहर सुनाए। उनीहरुले एजेन्टले मिलाएको सेटिङमा सजिलै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिषामा दुबई पुगेको र त्यहाँबाट लिबिया पुगेको बताए। पूर्ण अधिकारीले भने, 'बरु नेपाली दाजुभाइ नेपालमा हलोजोतेर बस्नुस्। तर अवैध बाटोबाट परदेश नआउनुहोला।'

प्रकाशित : असार २०, २०७६ १६:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×