काठमाडौँ — संगठित मानव तस्करले सजिलै अमेरिका छिराईदिने कुरामा भर पर्दा दाङका नरेन्द्र बस्नेतले झण्डै ज्यान गुमाएनन् । अवैध रुपमा १३ देश कटेर महिनौंपछि उनी अमेरिका त छिरे । तर अमेरिकी अध्यागमनले उनलाई शरणार्थीको मान्यता दिन नसक्ने भन्दै नेपाल नै फिर्ता पठाईदियो । यो यात्रामा उनले झण्डै ७६ लाख गुमाए ।