कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा किलाले यसरी घोचिएको थियो युवतीलाई [भिडियोसहित]

जनकराज सापकोटा

काठमाडौँ — पछिल्लो दुई सातायता राजधानीमा रातको समयमा सुई जस्तो तिखो वस्तुले युवतीहरुलाई घोच्ने घटनाका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले गरेको पत्रकार सम्मेलनमा रामेछाप घर भई महाराजगञ्जमा दाजुसँग मिलेर होटल चलाइरहेका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

काठमाडौंमा किलाले यसरी घोचिएको थियो युवतीलाई [भिडियोसहित]

पत्रकार सम्मेलनमा कार्कीले आफूले रमाइलोकालागि ढलान किल्लाले घोचेर गल्ती गरेको बताएका थिए । प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले रातको समयमा उस्तै प्रकृतिको घटना भएपछि आफूहरुले सिसिटिभी फुटेजका आधारमा दोषी पत्ता लगाएको बताए ।

उनका अनुसार महाराजगञ्जको रेष्टुरेन्ट बन्द गरेर नैकापस्थित डेरा फर्किने बेलामा सन्तोषले सडकमा एक्लै हिँडिरहेका युवतीहरुलाई निशाना बनाएको देखिन्छ । प्रहरी परिसर काठमाडौंका अनुसार सुई जस्तो तिखो वस्तुले घोचेका चार घटना महानगरीय प्रहरी वृत्त स्वयम्भू र सोह्रखुट्टेमा आएको थियो ।


प्रकाशित : असार १३, २०७६ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?