१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ग्यासमा रक्सी पर्दा आगलागी

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका ८, शेराकुनाको एउटा घरमा बिहीबार दिउँसो आगलागी भएको छ । 

ग्यासमा रक्सी पर्दा आगलागी

टीनले छाएको २ तले कच्ची घरमा आगलागी हुँदा माथिल्लो तलाका सवै सामान नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार भाडामा बस्नेले सिलिन्डर नजिकै ग्यास ठूलो पारेर रक्सी पार्दै गर्दा ग्यास लिक भएको र आगलागी भएको बताए ।

इन्सपेक्टर बसन्त पाण्डेले ग्यास चुलो नजिकै राखेर ग्यास ठुलो गरी बाल्दा ग्यास लिक भएर आगलागी भएको हुनसक्ने बताए । ‘ग्यास बालेर घर बस्दै आएका मान्छे अर्को कोठामा बसेछ । त्यही बेला ग्यास लिक भएर आगो लागेछ’ उनले भने ।

स्थानीय नाराइनबहादुर सुयेलको पक्की घर नजिकै कच्ची घरमा मानिस भाडामा राखिएको थियो । दिउँसो साँढे १ बजे आगलागीको खबर आएको र दमकलसहित प्रहरी, सशस्त्र प्रहरी पुगेर स्थानीयको सहयोगमा आगो निभाएको इन्सपेक्टर पाण्डेले बताए ।

उनका अनुसार समयमै दमकल, प्रहरी पुगेर स्थानीयसंगै आगो निभाएको थियो । ४० मिनेटमा आगो नियन्त्रणमा लिएको र पक्की घर आगलागी हुनबाट जोगिएको उनले बताए । उनका अनुसार आगलागीबाट माथिल्लो तलामा रहेको २ कोठाका लत्तकपडा, भाँडाकुँडासहित सवै सामान जलेर नष्ट भएको छ । करीब १४ लाख रुपैयाँ बराबरको क्षति भएको इन्सपेक्टर पाण्डेले बताए ।

उक्त घरमा सोमबहादुर गुरुङ, गजेन्द्र तुम्बा र सलिमाया गुरुङको ३ परिवार बस्ने र तिनै परिवारलाई नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाले त्रिपाल र कम्मलसहित, भाँडाकुँडा, बाल्टी लगायतको राहत सेट प्रदान गरेको रेडक्रसका मन्त्री सुशिलचन्द्र अधिकारीले बताए ।



प्रकाशित : असार ५, २०७६ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?