३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एभरेष्टम्यान : कामीरिता शेर्पा 

काठमाडौँ — कामीरिता शेर्पा फेरी आफ्नै रेकर्ड ब्रेक गर्दै यो धर्तीकै सबैभन्दा अग्लो चुचुरोमा सबैभन्दा धेरै (२४ पटक) पुग्ने विश्वभरकै एक्ला आरोही बनेका छन् । 

एभरेष्टम्यान : कामीरिता शेर्पा 

सोलुखुम्बुको थामेका यी ४९ वर्षिय ‘भेट्रान’ आरोही तथा हाई–अल्टीच्यूट गाइडले यस वर्षको वशन्तकालिन आरोहण सिजनमा एकै सातामा दुईपटक सगरमाथा आरोहण गरेपछी यीनको साहसको फेरी विश्वभर चर्चा भइरहेको छ । माघ ४ गतेपछी ५० वर्षमा टेक्दै गरेका कामीरिताले आगामी सिजनमा २५ औं पटकको रेकर्ड बनाउने योजना बुनेका छन् ।


कामीरिताको सर्वाधिक सगरमाथा आरोहणलाई कतिपयले नेपाली भनाई ‘पानीपधेरो’ को यात्रास“ग तुलना गरिरहेका छन् । जिविकोपार्जनकालागि बाल्यकालादेखी सगरमाथास“ग साइनो गा“सेका कामीरिताले भने आफु कुनै रकर्ड बे्रक गर्ने उदेश्यले नभई पर्यटन क्षेत्रान काम गर्दै जादा अहिलेको अवस्थामा आईपुगेको भनिरहेका छन ।


‘जसरी सेना वारमा जान्छ, त्यस्तै हो मेरो काम । मरिन्छ की बाचिन्छ थाहा नै हुदैन,’ कपनस्थित भृकुटीचोकको डेरामा भेटीएका शेर्पाले हालैएको एक मध्यान्न भने, ‘भिडन्तमा हिडेको सैनिकले लड्दैन भन्न मिल्छ र ? त्यस्तै हो, मैले पनि जानेको कर्म रोके भने मेरा दुई छोराछोरी र श्रीमतीलाई कस्ले पाल्छ ?’


बैसाख ६ आरोहणकालागि सगरमाथा पुगेपछी ३७ दिनमा दुईपटक सगरमाथा आरोहण सकेर जेठ ११ गते काठमाडौं फर्किएका यीनै आरोहीले आफ्नो १२ वर्षको उमेरदेखी भरिया, चौरी गोठालादेखी थालेको हिमाल आरोहणस“गको संघर्षकथादेखी हाइअल्टीच्यूट गाइडसम्म आइपुग्दाको यात्राबारे एभरेष्टम्यान नामको वृत्तचित्र तयार हुदैछ । त्यसैगरी उनका २० वर्षिय छोरा लाक्पा तेन्जि¨ र १७ वर्षकी छोरी पासाङ डोल्माले उनीबारे लेख्दै छन् । जस्लाई किताबको आकार दिइने छ ।


प्रकाशित : असार ४, २०७६ २३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?