१० दिन थुनामा बसेर निस्किएपछि स्ट्यान्ड अप कमेडियन प्रनेशले के भने ?

जनकराज सापकोटा

काठमाडौँ — विद्युतीय कारोवार ऐन अर्न्तगत १० दिन थुनामा बसेर निस्किएका स्ट्याण्ड अप कमेडिएन प्रनेश गौतम यतिबेला आफैंमाथि समीक्षा गर्दैछन् । मंगलबार बिहान कान्तिपुरसँगको कुराकानीमा प्रनेशले थुनामा परेपछिका घटनाक्रम र अदालती आदेशबाट रिहा भएपछिको अनुभव साटे ।


आफू माध्यम भएर गरिएको अभिव्यक्ति स्वतन्त्रताको बहसले चर्चामा आएको र आफूमाथी झनै जिम्मेवारी थपिएको जस्तो महशुस भएको उनले सुनाए। प्रनेशले भने, ‘म थुनामा रहँदा धेरैले मेरोबारे चासो चिन्ता राख्नुभयो। मेरो कमेडीप्रति धेरथोर असहमत हुनेहरुले पनि मलाई थुनामुक्त गर्नपर्छ भनेर बोल्नुभयो, लेख्नुभयो। सबैको ध्यान तानियो। अब सबैको विश्वासलाई कायम राख्ने गरी झनै राम्रो र सबैको मन जित्ने कमेडी गर्नुपर्छ भन्ने जिम्मेवारी थपिएको छ।’

प्रनेशले आफुले स्याण्डअप कमेडीबारे सिक्दै गरेको र अझै धेरैकुरा सिक्न बाँकी नै रहेको स्वीकारे। उनले नेपाली समाजका निम्ति स्ट्याण्डअप कमेडी नयाँ विषय भएको र यो क्षेत्र आफैं सिक्दै अगाडि बढिरहेको बताए। उनले भने, ‘सायद यो घटनाले मलाई झनै गम्भीर बनाइदिएको छ। अब म झनै धेरै सिक्दै अगाडि बढनेछु।’

प्रकाशित : असार ३, २०७६ १५:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसदमा सम्बोधन गर्न नपाएपछि बेलुका सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

उनले बेलुकाको पत्रकार सम्मेलनमा आफ्नो युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न नपाएकोमा दु:ख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै भने, 'समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।'


प्रतिनिसभाको आजको बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनका लागि समय दिएपछि प्रतिपक्षी कांग्रेसका सांसदले रोष्टम घेराउ गरेपछि बैठक स्थगन भएको थियो ।

प्रकाशित : असार ३, २०७६ १४:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT