कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डाँडामा डोजर चल्दा पानीका मुहान सुक्दै (भिडियो रिर्पोट)

आनन्द गौतम

ताप्लेजुङ — हिमाल र पहाडलाई पानीको स्रोत मानिन्छ । हिउँपर्ने र जम्ने यो क्षेत्रबाट बगेको पानी तराईसम्म पुग्छ । तर अहिले पूर्वाधार विकासको नाममा हिमाली तथा पहाडी क्षेत्रमै डोजर चल्दा पानीका मुहान सुक्न थालेका छन् । यस्ले भविष्य भयावह हुने जोखिम बढेको छ । 

डाँडामा डोजर चल्दा पानीका मुहान सुक्दै (भिडियो रिर्पोट)

बुढापाकाका अनुसार फुङलिङ नगरपालिका १० फुरुम्वुको यो पोखरीमा पहिला भालुका हुल पानी खान आउथे । नजिकै गौंडा भएको र भालुपनि आउने भएकाले बुढापाकाले यो ठाउँको नामनै भालुगौंडे भनेर राखे । पशुपालन गर्नेहरुको पशु चौपायलाई खुवाउने पानीको स्रोतपनि यहि नै भएको फुङलिङ नगरपालिका १० का टेकनाथ भट्टराई बताउँछन् ।

मैवाखोला गाउँपालिका ३ साँघुको नेरुवा पोखरी एकदशक अघिसम्म पानीले टम्म भरिन्थ्यो । पोखरीबाट निस्कने पानीले गाउँमा सिचांइ हुन्थ्यो । अहिले यी दुवै नाम मात्रैका पोखरी भएका छन् । पानी देखिन छोडेको छ । दुवैको ब्यथा एउटै हो, सडक बिस्तारपछि पोखरी नै सुकेका छन् ।

फुङलिङ र साँघु मात्रै नभएर जिल्लाभरिकै अवस्था यस्तै छ । लेकाली क्षेत्रमा रहेका ठुला पोखरी सुकेसँगैतल्लो क्षेत्रमा खानेपानीका मुहानपनि सुक्न थालेका छन् । जैविक विविधता, पानीका स्रोतलाई ध्यान नदिई विकासका नाममा गरिने जथाभावी सडक विस्तारले पानीका स्रोत सुक्दै गएको सिरिजंघा गाउँपालिका ६ खेवाङका कमला भुजेलको गुनासो छ ।

सडक निर्माणमा डोजर चलाउनुअघि त्यसले पार्ने वातावरणीय प्रभावका विषयमा अध्ययन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर यस्मा सम्बन्धित निकायको ध्यान गएको पाइदैन । विगतमा त यस्तो थियो नै राज्य पुनसंरचनापछि पनि यो रोकिएको छैन । गाउँमै स्थानीय सरकार आएपछिपनि यसमा ध्यान जानुको साटो उल्टै यसले निरन्तरता पाइरहेको छ ।

प्रकाशित : जेष्ठ २१, २०७६ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?