यसरी लुटियो इमाडोलको मनि ट्रान्सफर

जनकराज सापकोटा

ललितपुर — घटना जेठ तीन गतेको हो । इमाडोलमा कार्यलय रहेको मनी ट्रान्सफरको कारोवार गर्ने असल इन्भेष्टमेन्ट प्रालिका सञ्चालक सुरेशराज शर्मा सटर खोलेर भित्र मात्रै के छिरेका थिए, दुई युवा पनि पछिपछि छिरिहाले ।

दुई मध्ये एकको हातमा खुकुरी थियो । एकजनाले उनलाई सोफामा धकेलेर लडाए, खुट्टा र हात बाँधे अनि अर्कोले हातमा खुकुरी नचाउँदै झोला र ड्र्यरमा रहेका पैसा निकाले ।

पैसा निकालिसक्दा अर्का एकजनाले सुरेशको मुख र आँखामा समेत पट्टी बाध्न भ्याइसकेका थिए । कान्तिपुरलाई प्राप्त घटनाको सिसिटिभी फुटेज हेर्दा सुरेशलाई लडाएर पैसा निकालेपछि उनीहरु बाहिरिएको देखिन्छ ।

प्रहरीका अनुसार डकैत समूहले मनी ट्रान्सफरबाट एक लाख रुपैयाँ लुटेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रका अनुसार घटनामा संग्लनको खोजी जारी भइरहेको बताए । उनका अनुसार शंकास्पद केही पक्राउ गरेपनि उनीहरुको संग्लनता नखुलेका कारण छोडिएको छ । उनले भने, 'खोजी कार्य तीव्र पारेका छौं ।'

प्रकाशित : जेष्ठ ६, २०७६ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्

विश्वकपका लागि पाक टिमको घोषणा

एएफपी

लहोर — शोकमा रहेका असिफ अलि, फेरि फिट भएका मोहम्मद आमिर र वहाब रियाज वान डे विश्वकपका लागि सोमबार घोषित पाकिस्तानी १५ सदस्यीय टिममा परेका छन् । अलिका १८ महिना मात्र पुगेकी छोरीको यसै सप्ताहन्त निधन भएको थियो । अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी नूर फातिमाको आइतबार निधन भएको थियो । लहोरमा आयोजना भएको अन्तिम संस्कारपछि उनी फेरि टिमस“ग जोडिने छन् । 


पाकिस्तानी प्रमुख छनोटकर्ता इन्जमाम–उल–हकले उत्तरी सहरमा अयोजित पत्रकार सम्मेलनमा विश्वकपका लागि अन्तिम सूची जारी गरेका हुन्। त्यसक्रममा उनले भने, ‘हामी सबै अहिलेको कठिन समयमा अलिको साथमा छौं। उनले चा“डै टिमको अभ्यास खेलमा सहभागी हुनेछन्।’ फास्ट बलर आमिरलाई उनको खराव लयका कारण यसअघि घोषणा गरिएको प्रारम्भिक टिममा राखिएको थिएन। तर उनले अहिले भने टिममा स्थान बनाएका छन्।

हालै मात्र पाकिस्तानले पा“च खेलको वान डे सिरिज इंग्ल्यान्डविरुद्ध ४–० ले गुमाएको थियो। सिरिजको पहिलो खेल भने वर्षाले सम्भव भएको थिएन्। पाकिस्तानले चारै खेलमा इंग्ल्यान्डविरुद्ध ३ सय ५० रन भन्दा बढी खर्चेपछि छनोटकर्ता बाया“ हाते पेसम्यान रियाजलाई टिममा फिर्तँ बोलाउन बाध्य भएको हो। हकले रिजाय अनुभवी बलर रहेको र त्यसै कारण उनलाई मौका दिइएको बताए। ‘इंग्ल्यान्डविरुद्धको सिरिजका क्रममा हामीले टिममा अनुभवी बलर चाहिएको अनुभव ग¥यौं,’ हकले थपे।

सन् २०२२ र २०१५ को विश्वकप खेलेका ३३ वर्षीय रियाजले अहिलेसम्म ७९ वान डे खेलेका छन्। उनले अन्तिम पटक दुई वर्ष अगाडि भारतविरुद्ध च्याम्पियन्स ट्रफिमा खेलेका थिए। सुरुआती टिममा परेर पनि प्mयालिएका खेलाडीमा फास्ट बलर जुनिद खान, अलराउन्डर फाहिम असरफ र प्रारम्भिक ब्याट्सम्यान अबिद अलि छन्। टिममा परेका अरू खेलाडीमा कप्तान सरफरजा अहमद, फकिर जमन, इमाम–उल–हक, बाबर आजम, ह्यारिस सोहेल, मोहम्मद हाफेज, सोएब मलिक, इमान वासिम, सबद खान, मोहम्मद हसनन, असिन अलि र सहिद साह अफ्रिदी छन्।

प्रकाशित : जेष्ठ ६, २०७६ १५:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्