२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

यसरी हुन्छ थोत्रा कपडा सदुपयोग

काठमाडौँ — तपाईंले पुराना कपडा के गर्नुहुन्छ ? जडाउरी दिनुहुन्छ कि फोहरसँगै फालिदिनुहुन्छ या घरमा पोको पारेर राख्नुहुन्छ । यदि तपाईंसँग कुस्त पुराना लुगा छन् भने खेर नफाल्नुहोस् । यसलाई पुनः प्रयोग गर्न सकिन्छ । पुराना/थोत्रा लुगाबाट डसना, चकटी, सिरानी लगायतका उपयोगी सामान बनाउन सकिन्छ ।

यसरी हुन्छ थोत्रा कपडा सदुपयोग

खेर जाने पुराना लुगा सदुपयोग गरिदिने ठाउँहरु सहरमा जताततै छन् । उपत्यकाका थापाथली, बबरमहल, बालकुमारी, सितापाइला, लगनखेल, थिमीलगायतका ठाउँमा पुराना लुगाबाट ओछ्यान सामाग्री बनाउनेहरु छन् ।

कतिले ट्र्याक्टरमा लुगा पेल्ने मेसिन राखेर गाउँ गाउँ डुलाउँदै हिँड्ने गरेका छन् । त्यसो त उपत्यकामा मात्रै विभिन्न जिल्लाका सहर र गाउँमा समेत ट्र्याक्टरमै कपडा पेल्ने मेसिन लगेर ओछ्यानका सामाग्री बनाइन्छ ।


विगत १ वर्षदेखि लुगा पेलेर कपास बनाउँदै आएका रौतहटका इरफान मन्सुरका अनुसार लुगा पेलेको, सिलाएको प्रतिकेजी ६० रुपैयाँ लाग्छ । चाहे छालाका होस् या सुती, नाइलन, पोलिस्टर वा जेसुकैबाट बनेका । सबैखाले कपडाबाट कपास निकाल्न सकिन्छ ।

निकालिएको कपासबाट सिरक भने बनाइन्न । लुगा पेलेर निकालिएको कपासको गुणस्तर कम हुने भएकोले सिरक नबनाइने मन्सुर बताउँछन् ।



प्रकाशित : वैशाख २७, २०७६ २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?