सडक धुलाम्मे भए पछि बौद्ध–जाेरपाटी खण्डमा अवराेध

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — बौद्ध-जोरपाटी सडकखण्ड छिटो कालाेपत्रे हुनुपर्ने माग गर्दै व्यापारी र स्थानीय आन्दोलित भएका छन् । बिहीबार बिहानदेखि उनीहरुले सडक अवरुद्ध पारेका छन् । तत्काल सडक कालाेपत्रे गरी धुलाे र हिलाेमुक्त बनाउनुपर्ने उनीहरुकाे माग छ ।

सडक धुलाम्मे भए पछि बौद्ध–जाेरपाटी खण्डमा अवराेध
लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार संघ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ- 'चावहिल–साँखु सडकखण्ड तत्काल कालोपत्र गरी धुँवाधुलोबाट मुक्त हुनुपर्‍यो।'

प्रकाशित : वैशाख २६, २०७६ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?