१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नफेरिएको बझाङेली महिलाको दैनिकी

बझाङ — अमृता सिंह । उमेर ३२ । सुदूरपश्चिमको हिमाली जिल्ला बझाङकाे थलारा गाउँपालिकाकी उनी एकाबिहानै उठ्छिन् । हातमुख धुन्छिन् र ओखलमा धान कुट्न थाल्छिन् । उनको दिनचर्या यसैगरी सुरु हुन्छ ।

नफेरिएको बझाङेली महिलाको दैनिकी

७ जनाको परिवार छ । एक छाक पुग्ने धान कुट्न दुई घण्टा लाग्छ । चामलतुमल ठिक्क पारेर घाँसदाउरा जान्छिन् । फर्कंदा सासुले खाना पकाएर राखेकी हुन्छिन् ।

अमृता मात्रै होइन, बझाङका अधिका‌श छोरीबुहारीको दैनिकी यसरी नै सुरु हुन्छ । एकाबिहानै उठेर ओखलमा धान कुट्नु बुहारीहरुको अनिवार्य जिम्मेवारीभित्र पर्छ । छाउ (महिनावारी)भएका बेला भने कुट्नुपर्दैन । छोइछिटो भएर पाप लाग्ने भन्दै अरु महिला सदस्यलाई कुट्न लगाइन्छ ।


छाउप्रथा कतिसम्म छ भने आँगनको एक छेउमा भएको ओखलको बाटो भएर हिँड्न पनि पाउँदैनन् छाउ भएकाहरुले । कतिपयले त आँगनको डिलमाथि पारेर बनाउँछन् । बझाङ्गीहरु देवीदेवता खुब मान्छन् । लागा देवता, मष्टा देवता, सुर्मादेवी आदीलाई पुज्छन् ।

फरक जीवनशैली बोकेका बझाङेली महिलाहरुको भेषभुषाले छुट्टै परिचय गराउँछ ।

तर महिलालाई हेर्ने दृष्टिकोण सुदूरपश्चिमको समाजमा अझै फेरिएको छैन । शिक्षा, स्वास्थ्य, चेतनाका हिसाबले निकै पछाडि छन् यहाँका महिला ।

छाउपडी प्रथा, बालविवाह, घरेलु हिंसा, छुवाछूत सामाजिक विभेद भोग्दै आएका छन् । महिला तथा बालबालिका कार्यालय बझाङको तथ्याङ्कअनुसार ५३ प्रतिशत बालविवाह हुने गर्छ ।


पछिल्लो समयमा गाउँमा रोजगारीको अभावले गर्दा हातमुख जोर्न थुप्रै युवापुस्ताका पुरुषहरु विदेश पलायन भएका छन् ।

उनीहरु घरमा नभएपछि घर व्यवहार र खेतीपातीकाे जिम्मेवारी महिला, केटाकेटी र वृद्धवृद्धाको काँधमा आइपरेको छ । जस्तोसुकै शारीरिक परिश्रम गर्न बाध्य छन् उनीहरु।


शब्द र तस्बिर : विद्या राई / वसन्तप्रताप सिंह

प्रकाशित : वैशाख १०, २०७६ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?