१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भव्य बिस्केट जात्रा

काठमाडौँ — भक्तपुरवासीको महत्वपूर्ण चाड अर्थात् प्रशिद्ध बिस्केट जात्रा बिहीबार सम्पन्न भएको छ । आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको नवौं दिन बिहीबार दिनभर भक्तपुरका मठ-मन्दिरहरुमा पूजा गरी साँझ भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गरिएको छ ।

भव्य बिस्केट जात्रा

चैत २७ गते तौमढीबाट भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको जात्रा बिहीबार पुनः भैरवनाथ र भद्रकालीको रथ तानिएको थियो । साथै भैरवनाथको रथमा खड्ग, तरबार, निशान राखी सकेपछि रथ तान्न सुरु हुन्छ ।

नयाँ वर्षको चार दिन अघिदेखि तान्त्रिक विधिपूर्वक प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो भेगका बासिन्दाले रथ तान्ने गरिन्छ । रथलाई तानी राति १२ बजेभित्र तौमढी पुर्‍याई रथबाट भैरनाथ देवतालाई झिकेर मन्दिरमा विराजमान गराएपछि जात्रा सम्पन्न हुने गुठी संस्थान कार्यालय भक्तपुर प्रमुख हरिप्रसाद सुवेदीले बताए । बिस्केट जात्रा बिःसीत (नागनागिना मर्‍यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ ।


प्रकाशित : वैशाख ६, २०७६ ००:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?