३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एसईईको प्रश्नपत्र आउट प्ररकरणका आरोपीहरु सार्वजनिक 

अवधेशकुमार झा

राजविराज — एसईई परीक्षको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जना आरोपीलाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

एसईईको प्रश्नपत्र आउट प्ररकरणका आरोपीहरु सार्वजनिक 

सिआइबीका प्रमुख डीआईजी निरजबहादुर शाहीका अनुसार अभियुक्तहरुमा राजविराज नगरपालिका-१० का २८ वर्षीय विश्वुदेव यादव, २२ वर्षीय ब्रह्मदेव सुनरैत, सोही नगरपालिका-१६ का २८ वर्षीय मनोज यादव, हनुमाननगर कंकालिनी नगरपालिका १ का १७ वर्षीय राजेश यादव, १७ वर्षीय उमेश यादव र कञ्चनरुप नगरपालिका ६ का २५ वर्षीय दिपेन्द्रकुमार मण्डल रहेका छन् ।

सार्वजनिक गरिएका ब्रह्मदेव र दिपेन्द्र प्रहरी हुन् भने मनोज शिक्षक हुन्। राजेश, उमेश परीक्षार्थी हुन्।


प्रदेश २ को १४ र १५ गतेको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको थियो।
त्यसपछि सीआईबीले छानबिन टोली पठायो। त्यही टोलीमार्फत् उनीहरुलाई पक्राउ गरिएको थियो।

यो पनि पढ्नुहोस्ः

एसईईको प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेका दुई प्रहरीसहित ६ जना सार्वजनिक

एसईई प्रश्नपत्र आउट प्रकरण : प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो

फेसबुकबाट प्रश्नपत्र फुस्किएपछि...

प्रदेश २ मा एसईई परीक्षा रद्द, कसले गर्छ प्रश्नपत्र आउट ?


प्रकाशित : चैत्र २१, २०७५ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?