१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बझाङमा हराउँदै भार्ते

बसन्तप्रताप सिंह

बझाङ — तल्कोट–१ सुनिकोटका ५५ बर्षिय प्यारु आउजी भार्ते हुन् । उनले विवाह, वर्तबन्ध र अन्य उत्सबहरुमा गाउने, कथा बाचन गर्ने तथा डमरु बजाउदै नृत्य गर्न थालेको ४५ बर्ष भयो ।

बझाङमा हराउँदै भार्ते

उनले लयात्मक कथा बाचन र गायनको माध्यमबाट, युद्ध, महामारी, देवता दानव, प्रेम आदी विषय बोकेका कथाहरू भन्छन् । भार्तेले भन्ने कथाको विषय जे सुकै भए पनि कथाको सन्देश सामाजिक एकता, शान्ति र सदभावको हुन्छ । स्थानिय बोलीमा भार्तेले भन्ने कथालाई भार्ता भनिन्छ ।


कुनै बेला हरेक जसो विवाहमा भार्ते हुन्थ्यो । १० बर्षयता भने भार्तेको चलन हराउदै गएको छ । माग हुनै छोडे पछि नयाँ पुस्ता भार्ते जन्मिनै छोडेको र पुराना भार्तेहरूपनि बुढ्यौलीमा प्रबेश गरिसकेकाले भेटिन छाडेका छन् । यसले गर्दा मौलिक परम्परा र सुदुरपश्चिमेलीको साँस्कृतिक अस्तित्व लोप हुदै गएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?