कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

डा.केसीसँग तुरून्त संवाद सुरु गर्नु पर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

अतुल मिश्र

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रक्रिया अविलम्ब रोकेर डा.गोविन्द केसीको सत्याग्रहको निकास निकाल्नु पर्ने बताएका छन् ।

डा.केसीसँग तुरून्त संवाद सुरु गर्नु पर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

उनले डा.केसीका मागहरु र यो पहिलो अनशनसमेत नभएको बताए । अनशनको मागहरुको औचित्यको बारेमा स्वयं प्रतिनिधि सभाबाट पारित विधेयकले पनि धेरै हदसम्मको औचित्यता स्वीकार गरेको समेत श्रेष्ठले उल्लेख गरे ।


पहिला सरकारसँग भएको सहमति पूर्ण कार्यान्वयन नभएपछि डा.केसी अनशन बसेको उनले बताए । श्रेष्ठले भने– ‘दुई तिहाइ बहुमतको सरकारले गरेको सहमति पूरा गर्ने क्षमता राखेन भने यो भन्दा ठूलो बिडम्वनापूर्ण अवस्था प्रजातन्त्र र राष्ट्रको लागि हुँदैन ।’


उनले डा.केसीको जीवन रक्षा हुनु पर्ने बताए । ‘उनको सत्यको आग्रहको दमन हुनु हुँदैन, एक्लो दुक्लो त देखिन्छ सत्य प्रारम्भमा तर अन्तत: सत्य पराजित भएको र अरु कुनै कुराको सर्वोच्चताको परिस्थिति इतिहासमा टिकिरहेको देख्दिनँ’ श्रेष्ठले भने ।

प्रकाशित : माघ १५, २०७५ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?