१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दुर्गममा विरामीको व्यथा

बझाङ — बझाङ सदरमुकाम चैनपुरबाट करिब चार दिनको पैदल हिडेँपछि सुदुर उत्तरमा पर्ने साइपाल गाउँपालिका पुगिन्छ । सडक सञ्जालमा नजोडिएको यो गाउँपालिका शिक्षा, स्वास्थ्य, विद्युत जस्ता विकासका पूर्वाधारमा पनि पछाडी छ । यहाँ विरामी भैहाले रोग पालेर बस्नुको विकल्प छैन । 

दुर्गममा विरामीको व्यथा

स्वास्थ्य संस्थाको पहुँच नपुगेपछि दुर्गममा विपन्न वर्गले विरामी हुँदा कस्ता पीडा भोग्नुपरेको छ भन्ने उदाहरण हो साइपाल गाउँपालिकाको धलन गाउँ । जटिल भौगोलिक संरचना, चेतनाको कमी र गरिबी नै यहाँका स्थानीयलाई स्वास्थ्योपचारका लागि बाधक बनेका छन् ।

उनीहरुले स्वास्थ्यचौकी पुग्न मात्रै एकदिन पैदल हिड्नुपर्छ । जहाँ दक्ष स्वास्थ्यकर्मी र पर्याप्त औषधी नै पाइदैन । राम्रो उपचार गर्न सदरमुकाम, धनगढी, नेपालगञ्ज तथा काठमाडौं पुग्नुपर्छ । दुई छाक टार्न समेत धौधौ पर्ने उनीहरुलाई त्यहाँसम्म पुग्न खर्चले धान्दैन।

समयमा उपचार नपाएर वर्षेनी दर्जनौँले अकालमा ज्यान गुमाउँछन् । महिला, बालबालिका र वृद्धवृद्धाहरुलाई बढि जोखिम छ ।


प्रकाशित : पुस १२, २०७५ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?