कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

यसरी मनाइयो संखुवासभामा गाईजात्रा

दीपेन्द्र शाक्य

संखुवासभा — सदरमुकाम खाँदबारी, चैनपुर र तुम्लिङटारलगायतका बजारमा सोमबार गाईजात्रा मनाइएको छ । गाइजात्राको अवसरमा खाँदबारी र चैनपुरका युवाहरुले ढोल र झ्याम्टा बजाएर आफ्नो जातिको संस्कृति र रीतिरिवाज प्रदर्शन गरेका थिए ।  

यसरी मनाइयो संखुवासभामा गाईजात्रा

वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको स्मृतिमा गाईको प्रतीक तथा विभिन्न झाँकी प्रदर्शन गरेर गाईजात्रा मनाउने प्रचलन छ । युवाहरुले रामायणमार्फत मृतकका परिवारका गुनगान गाएर बजार परिक्रमा गरेका छन् ।


जात्रा हेर्न गाउँ–गाउँबाट मानिसहरु आइरहेकाले सदरमुकाम खाँदबारी, चैनपुर र तुम्लिङटार लगायतका बजारमा निकै चहलपहल बढेको छ । स्थानीय नेवार समुदायले गाईजात्राको भोलिपल्ट रोपाई जात्रा विशेष उत्सवका रुपमा मनाउने गर्छन् ।


यहाँ हरेक वर्ष नागपञ्चमीदेखि शुरु हुने जात्रा कृष्ण अष्टमीका दिनसम्म चल्छ ।


प्रकाशित : भाद्र ११, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?