शेराटन होटलको जगमा खस्यो केशर पुस्तकालयको चमेना गृह र शौचालय [भिडियो]

काठमाडौँ — कान्तिपथस्थित केशरमहलसँगै निर्माणाधिन 'शेराटन होटल' को जग खन्ने क्रममा केशर पुस्तकालयको चमेना गृह र शौचालयमा ढलेको छ ।

शेराटन होटलको जगमा खस्यो केशर पुस्तकालयको चमेना गृह र शौचालय [भिडियो]

पुस्तकालयको चमेना गृह, चर्पी शुक्रबार दिउँसो शेराटन होटलको जग हाल्न खनिएको खाल्डोमा खसेको हो । निर्माणका क्रममा सावधानी नअपनाएको कारण क्षति पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

गैरआवासीय नेपाल संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेलगायतको लगानीमा निर्माण सुरु गरिएको उक्त होटलको लागत करिब ८ अर्ब रहेको छ । होटल करिब १४ रोपनी क्षेत्रफलमा निर्माण हुँदैछ । १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेस्ट रुम रहने जनाइएको छ ।


तस्बिर : हेमन्त श्रेष्ठ


प्रकाशित : श्रावण ४, २०७५ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?