१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाल आइपुग्यो वाइड बडी एयरबस

काठमाडौँ — नेपाल वायुसेवा निगमले बिहीबार पहिलो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गरेको छ ।

नेपाल आइपुग्यो वाइड बडी एयरबस

निगमले दुई विमान हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको हो । दोस्रो वाइडबडी विमान पनि चाडै ल्याइने निमगले जनाएको छ ।



नयाँ विमानमा १६ वटा बिजनेस श्रेणीका सहित २ सय ७४ सिट छन् । यो विमानले अहिले निगमले उडान भरिरहेको काठमाडौं–दोहा–काठमाडौं सेक्टरमा उडान भर्नेछ । तीन महिनापछि मात्रै नयाँ रुटमा उडाउने निगमको योजना छ।


२०४६ सालताका निगम ११ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उड्थ्यो । तर, अहिले अन्तर्राष्ट्रियतर्फ आठवटा गन्तव्यहरू हङकङ, बैंकक, मलेसिया, दिल्ली, मुम्बई, बैंगलोर, दोहा र दुबईमा मात्रै उडान भर्दै आएको छ ।


निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको थियो । यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ ।

प्रकाशित : असार १४, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?