३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लुम्बिनीको सुरक्षामा गम्भीर लापरबाही

मायादेवी पसिरमै गाडियो गैरकानुनी वस्तु
मनोज पौडेल

कपिलवस्तु — मायादेवी मन्दिर परिसरमा अनाधिकृत सामग्री गाडिएको अवस्थामा भेटिएको छ । 

लुम्बिनीको सुरक्षामा गम्भीर लापरबाही

विश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनीस्थित पुष्करणि पोखरीको पश्चिम फुट ट्रयाक नजिकै खाल्डो खनेर उक्त वस्तु गाडिएको थियो । आधा मिटर गोलाईमा २० सेन्टिमिटर गहिरो खनेर रंगीचंगी स–साना कपडाको थैलामा पुरिएको थियो ।

ठूलो खालको ३२ र साना खालका १ सय बढी थैलो भेटिएको छ । गाडिएको वस्तु करिब ६ किलो रहेको छ । कर्मचारीकै मिलोमतोमा गैरकानुनी रुपमा सामग्रीहरु गाडिएको हल्ला सातादेखि नै चलेको थियो । तर लुम्बिनी विकास कोष प्रशासनले गाडिएको सामग्री झिक्न कुनै चासो दिएको थिएन् । तर स्थानीय बासिन्दाले विरोधमा उत्रने चेतावनी दिएपछि कोषका कर्मचारी, प्रहरी, सशस्त्र र सञ्चारकर्मीको उपस्थितिमा सामग्री पुरेको ठाउँ खनिएको थियो ।

गाडिएको वस्तु कोष कार्यालयमा खोलेर हेरिएको थियो । ५ वटा थैलो खोलेर हेर्दा कपाल, दात, नङ्ग, माटो, वालुवा, खरानी र सिक्का पैसा भेटिएको थियो । दुई वटा खाम पनि छन् । अरु थैलो सिलबन्दी गरेर कोषकै कार्यालयमा राखिएको छ ।

उक्त सामग्री चीन र ताईवानबाट आएका बौद्ध धर्मावलम्बीले गत चैत्र १२ गते गाडेका थिए । राति पारेर भित्र पसेका उनीहरुले पुजाआजा गरि रातको ८ देखि १० बजे भित्रै गाडेको अनुमान गरिएकोछ । मायादेवि मन्दिर परिसर २४ सै घण्टाका हतियारधारी सुरक्षाकर्मीको घेरामा हुन्छ ।

‘विश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनीको कोर जोन क्षेत्रमा जथाभावी बस्तु गाडनै पाइँदैन्’ लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले भने, ‘त्यो गैरकानुनी हो ।’ गाडिएको वस्तु ननिकालेको भए त्यस्ले पछि लुम्बिनीकै अस्तित्वमा प्रश्न चिन्ह उठाउन सक्थ्यो उनले भने ।

लुम्बिनी प्रवेश गर्ने मुख्य गेटमा दंगा प्रहरी, सशस्त्र, ग्रुप फोरका सुरक्षाकर्मी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मी परिचालन छन् । सर्वसाधारण जादा सानातिना वस्तु पनि भित्रै लैजान नदिने सुरक्षाकर्मीले यति धेरै वस्तु लैजाँदा कसरी छाडे प्रश्न चिन्ह उठेको छ । सुरक्षाकर्मीको पनि मिलोमलो देखिन्छ एक सर्वसाधारणले भने यस्तो सुरक्षा हेलचेक्रयाई गर्नेलाई कडा कारबाही गर्नु पर्छ । गाडिएका बस्तु पुजाआजा गरि अशोक स्तम्भमा फालिएको भए केही हुन्थ्येन् । तर गाड्नुले शंका जन्माएको हो ।

प्रकाशित : चैत्र २३, २०७४ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?