१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

निग्रोधाराममा विश्व शान्तिकालागि प्रार्थना

मनोज पौडेल

कपिलवस्तु — विश्व शान्तिको कामना गर्दै ६ सय भन्ला बढी कम्बोडियाली बौद्ध धर्मावलम्बीले बुद्धस्थलमा पुजाआजा गरेका छन् । 

निग्रोधाराममा विश्व शान्तिकालागि प्रार्थना

कम्बोडियाको राजधानी नोम्पेनस्थित बाटबटुम बटाई गुम्बाका प्रमुख भन्ते पोई मेताको नेतृत्वमा आएको उनीहरुले राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था विताएको तिलौरोकोट र बुद्धस्थल निग्रोधाराममा प्रार्थना गरे । निग्रोधाराममा भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि राजधानी फर्किदा पहिलो पटक आफना बाबुआमासंग भेट गरेको ठाउँ भएकाले बुद्धधर्मावलम्बी निग्रोधारामलाई पवित्र मान्छन् ।


विश्वमा अशान्ति बढ्दै गएका बेला उनीहरुले यहाँ आई परित्रान पाठ गरि सामुहिक रुपमा शान्तिको कामना गरेका हुन् । प्रार्थना पछि आफुहरुमा शान्तिको अनुभूति भई आत्मसन्तुष्टी भएको गुम्बाका प्रमुख भन्ते पोई मेताले बताए । सानो ठूलो २० वटा बसमा उनीहरु यहाँ आएका थिए ।

पवित्र शान्ति भुमिमा गरेको प्रार्थना सार्थक हुनेहुँदा आफु सयौं माईल यात्रा गरेर यहाँ आई शान्तिका लागि सानो प्रयास गरेको मेताले बताए । आफुहरुले यहाँबाट कम्बोडियामा शान्ति र सद्भाव प्रसाद लगेर शिक्षाका रुपमा बाँडने पनि बताए ।


यस्तै उनीहरुले कनकमुनी बुद्धको सहर अरौराकोट र राजा शुद्धोधन तथा रानी मायादेवीको समाधिस्थल मानिएको धमनिहबा स्तुपमा गई प्रार्थना पनि गरेका थिए ।


प्रकाशित : चैत्र १९, २०७४ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?