३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान

विद्या राई

काठमाडौँ — काठमाडौं उपत्यकामा सडक विस्तार, फास्ट ट्रयाक, बाहिरी चक्रपथ निर्माणपीडितहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान

बुधबार माइतीघरबाट नयाँ बानेश्वरसम्म र्‍याली निकाल्ने क्रममा सहभागी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो । भीड नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीलाई धरपकड, लाठीचार्ज गर्न थालेपछि ढुंगा हानाहान समेत भएको थियो । झडपमा दुई जना घाइते भएका छन् ।


गणपतिलाल श्रेष्ठ, श्यामकृष्ण प्रजापति, पवित्र कसा, विष्णुभक्त मर्हजनलगायत एक दर्जन प्रदर्शनकारीलाई महानगरीय प्रहरी वृत बानेश्वरले नियन्त्रणमा लिएको छ ।


प्रदर्शनमा उत्रेका उपत्यकावासीले ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा पहिचानलाई रक्षा गर्नुपर्ने, जनतालाई विस्थापित बनाउने गरी बनाइएको पञ्चातकालीन मापदण्ड खारेज गर्नुपर्ने, संविधानको धारा २५ र ३७ विपरीत हुने गरी पीडित र प्रभावितसँग मञ्जुरी नलिइ सडक विस्तार र नागरिकलाई दीर्घकालीन प्रभावपार्ने कुनै काम नगर्न माग गरेका छन् ।

प्रकाशित : चैत्र १४, २०७४ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?