कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दूधमा दूध मिसाएर ग्राहक ठग्नेहरु [भिडियो]

काठमाडौं — हरेकदिन ठिमी चोकबाट दधिकोट जाने पुल नजिक घर अगाडि एक बृद्ध बिहान पाँच बजेदेखि तीन क्रेट दुध राखेर बसिरहेका हुन्छन् । जब ६ बज्छ अनि सुरु हुन्छ, उनको व्यापार । तर, उनका ग्राहक स्थानीय होइनन् ।

दूधमा दूध मिसाएर ग्राहक ठग्नेहरु [भिडियो]

एउटा एउटा पोका गरेर बिक्री गर्नु पनि पर्दैन । गाउँतिरबाट ठूला ठूला प्लाष्ट्रिकको ड्रम र क्यान लिएर मोटरसाइलकमा आउने व्यक्ति उनका ग्राहक हुन् । यस्ता भाँडा लिएर एकजना होइन, लस्कर आउँछन् । कसले कति प्याकेट दूधका पोका ड्रममा हाल्यो त्यो उनी खाली प्याकेट गनेर थाहा पाउँछन् ।

खासमा उनका ति ड्रमवाला ग्राहकहरु गाउँका कृषकका दुध संकलक (ठेकेदार) हुन् । गाउँभरीको दूध संकलन गरेपछि पानी हाल्छन् । अनि तिनले ग्राहकको घरमा पुर्‍याउनु अघि पोकाको दूध हालेर बाक्लो बनाउँछन् । यतिसम्म की केहीले गाउँमा दुध संकलन गरेर पानी हाल्न नभ्याए प्याकेटको दुध मिसाउने पसल अघि नै आएर हाल्छन् ।

हामीले ति दूधका ठेकेदारहरुलाई पछ्याउने निधो गर्‍याैं । उनीहरुको ग्राहक कस्ता होलान् हेर्ने प्रयास गर्‍याैं ।

पहिलो दिन : हामी दूधको क्रेटहरु भन्दा केही पर कुरीरहेका थियाैं । बा८३ प १४९६ नम्बरको मोटरसाइकलमा ठूला दुईवटा ड्रम र तीनवटा क्यान लिएर आए । त्यसमध्ये एउटामा पानी ल्याएका रहेछन् । त्यसमा भएको केही पानी ड्रममा खन्याए । बाँकी पानीमा ६ प्याकेट दुध मिसाए । अरु ड्रममा पनि पोका फुटाउँदै त्यसैगरी थपे ।

यो कुनै बन्द कोठामा भएको दृष्य होइन, बीच बाटोमा गाई भैंसीको दूधमा प्याकेटको दूध मिसाइँदै थियो । केही छिनपछि अर्को बा८२प १०२१ नम्बरको मोटरसाइकल आयो । यसले पनि दूधको पोका भटाभट फुटाउँदै क्यानमा हाल्यो । पसलको साहु नभएपनि भटाभट हालिरह्याे । सबै भाँडामा मिलाएर हाल्याे । यसरी १० पोका जति उसले मात्रै फुटाएर हाल्याे । पैसा तिर्‍याे अनि अघि बढ्याे ।

ती व्यक्ति जाने बित्तिकै पसलेले खाली प्लाष्टिक उठाई हाल्छन् ।

दोस्रो दिन : बिहान ६ बजे त्यही ठाउँ पुग्दा सिमसिम पानी परिरहेको थियो बा८२प १०२१ नम्बरको मोटरसाइकल आइपुग्यो । भाँडाको बिर्काे खोल्यो । एउटा भाँडामा दुई पोका हाल्याे, अनि अर्को भाँडामा पनि दुई पोका हाल्याे । तेस्रो भाडामा एक पोका मात्रै हाल्याे । बाक्लो पातलो मिलाउन एउटा क्यानको दुध अर्कोमा सारफेर पनि गर्‍याे ।

तेस्रो दिन : सुरुमै बा ८२ प १०२१ को मोटरसाइकल नै आयो । उसले अघिल्लो दिनको भन्दा एक प्याकेट बढी दुध थप्याे । त्यस दिन हामीले उसको ग्राहक पत्ता लगाउने निधो गर्‍याैं । अनि उसलाई ठिमीबाट अघि बढेपछि पछ्याउँदै गयाैं ।

मोबाइलको क्यामेरा अन गरेर राखेका थियाैं । त्यो मोटरसाइकल अघिअघि हामी पछिपछि । उसकाे माेटरसाइकल माइतिघरबाट थापाथली तिर मोडियो । कुपण्डोल पुगेपछि कानदेवता मन्दिरबाट समिट होटल तिर मोडियो ।

हामी पिछा गर्दै गयाैं । मन्दिर भन्दा अघिल्लो मोडमा पुग्दा दुधमा मिसावट गर्ने मोटरसाइकल चालक आफनो ग्राकहलाई क्यानबाट लिटरले दुध निकाल्दै रहेछन् । उसले निकालेको क्यानमा प्याकेटको दुध मिसाइएको थियो ।

प्रकाशित : भाद्र २८, २०७४ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?