भ्रष्टाचार नरोके महालुट

सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीश कस्ता कार्यक्रममा जाने भन्ने बहस छ । मलाई यस्ता कार्यक्रममा आउँदा आलोचना हुने हो कि भन्ने पनि छ । वास्तवमा पुस्तक विमोचनको निम्तो पाएपछि म सुरुमा अलिकति हच्किएको थिएँ ।

त्यसको कारण पनि छ । संविधानले पनि कानुनले पनि सबैतिर बाटो थुनेर हामीलाई एउटा मानव अधिकार आयोगतिर मात्र देखाएको छ । त्यहाँ एक जना हुने हो, सबै अट्ने कुरा आउँदैन । कहाँ के बोल्ने, के नबोल्ने । अस्ति डा। गोविन्द केसीजीकोमा यस्सो देखिएको थिएँ, समर्थन र आलोचना दुवै भयो । प्रधानन्यायाधीश अथवा न्यायाधीशहरूले अवकाशपछि के गर्ने, के नगर्ने भन्नेबारे अस्पष्ट छ । कसैले गर्नुहुन्छ भन्नुहुन्छ, कसैले गर्नुहुन्न भन्नु हुन्छ ।

हुन त काम गर्दै गइयो, महाअभियोग फेस गर्नुपर्‍यो । फेरि महाअभियोग लगाउनेहरूले नै फिर्ता लिए । जेसुकै भए नि मलाई त्यति दुस्ख लागेको छैन । सर्वोच्च अदालतमा बस्ने प्रधानन्यायाधीश अथवा प्रधानन्यायाधीश हुने लाइनबाट निष्कासित, जो प्रधानन्यायाधीश हुने लाइनमा हुनुहुन्थ्यो, प्रकाश वस्तीजी, उहाँले अवसरै पाउनुभएन । धेरै कथा छन् । प्रधानन्यायाधीशहरूले, जसले सत्ताको वरिपरि अथवा जो बिहान–बेलुका चिया खान पुग्नु भो अथवा त्यहाँ उनीहरूको सम्झौता वा सहमति केही भयो भने त ठिकै छ । नत्र जसले इमानदारीपूर्वक न्याय दिन्छु भन्छन् ती सबैले (चुनौती र चेतावनी) फेस गरेकै हुन्छन् । 

प्रकाश वस्तीजीलाई कुनै एक चर्चित व्यक्तिले फोन गरेर कुनै मुद्दाको काम गरिदिन भन्यो । उहाँले सक्दिनँ भन्नुभयो । उहाँलाई त्यतिबेलै धम्की आयो कि, अब प्रधानन्यायाधीश बनेर हेर्लास् भनेर । तँलाई प्रधानन्यायाधीश बनाउनेकहाँ चामल, दाल, घिउ त मैकहाँबाट जान्छ भनेर सम्म भनियो, त्यतिखेर । हामीलाई आश्चर्य लाग्यो, तैपनि कसरी प्रधानन्यायाधीश नबन्नुहोला भन्ने पनि लाग्यो । नभन्दै प्रमाणित भयो, उहाँ त्यो लाइनमा आउन सक्नुभएन । 

यहीं हुनुहुन्छ, कल्याण श्रीमान् (पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ), उहाँले एक दिन एउटा यस्तो फैसला गर्नुभयो, जहाँ हामी नै २-३ घण्टा रोकियौं सर्वोच्चभित्रै । बाहिर त अपरेसन वार । २-४ घण्टा त सडकै जाम । भ्रष्टाचारविरुद्ध फैसला थियो त्यो, धेरै दिनसम्म उहाँले त्यसको प्रतिक्रिया फेस गर्नुपर्‍यो । रामप्रसाद श्रेष्ठ श्रीमान् (पूर्वप्रधानन्यायाधीश) एक दिन हर्रर आउनुभयो र मलाई प्रधानन्यायाधीश बनाइदिए भनेको मान्नुपर्ने रे, नबनाए नबनाउनु भन्दिएँ भन्नुभयो । मैले पनि त्यही कुरा सुनुवाइका बेला भन्दिएँ । तीन महिनासम्म मलाई प्रधानन्यायाधीश बनाइएन, झुन्डयाएरै राखियो । अग्रजको शब्द सम्झिँदै मैले पनि सुनुवाइमा भने, ‘तिमीलाई बनाउन मन छ बनाऊ, नबनाए मेरो के जान्छ !’ यसरी सुनुवाइ पार गरेको थिएँ ।

यस्ता कुरा सबैले फेस गरेका छन् । प्रकाश वस्तीजीले एउटा सुनको थालमा धुप–नैवेद्य राखी लगेर चढाइदिएको भए उहाँ प्रधानन्यायाधीश बन्नुहुन्थ्यो, तर त्यो उहाँले गर्नु भएन । बहुत दुस्ख छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि भ्रष्टाचारका मुद्दा थोरै हेर्नु भएन । उहाँको सकस मैले बुझेको थिएँ । म त दोस्रो पंक्तिमा थिएँ नि । यो देशमा म इमानदार बन्छु, म जनताको सेवा गर्छु, म घूस खान्न, अनियमित काम गर्दिनँ भन्न नपाइने देश । जसले सहयोग गर्नुपर्ने, त्यही व्यक्ति कालोपट्टी बाँधेर हिँड्छ । कस्तो देश हो यो ?

म निष्ठावान हुन्छु भन्दा त्यसको विरोध हुन्छ । म तपाईंहरूलाई भन्छु, यदि फटाहा, बदमास यो मुलुकमा कोही छन् भने लुगा लाउन नपाउने, झुत्रो लुगा लगाउने, खान नपाउने, गरिब, निमुखा होइनन्, हामी हौं हामी । पढेलेखेका नै हौं । हामीले नै फट्याइँ गरिरहेका छौं, अरू होइन । किनभने हामीलाई उपयुक्त लाग्यो, फाइदा हुने भयो भने ठिकै छ भन्छौं, विरोध गर्दैनौं । नत्र त हामीले भ्रष्टाचारको इन्च–इन्चमा विरोध गर्नुपर्ने होइन रु आज सडक बन्छ, एक झरी पानीले बग्छ । पुल बन्छ, एक रातमा भत्कन्छ । भ्रष्टाचार होइन रु जनताको राजस्व दुरुपयोग भएको कुरामा हामी बोल्दैनौं । हरिबहादुर थापाजीले त किताब ९रजगज० मा लेखेर आफ्नो प्रतिबद्धता जनाउनुभएको छ । उहाँले लेखेका कुरा सबै हामीलाई थाहा छ, सबै भएकै कुरा हो । उहाँले संहिताबद्ध गर्नुभएको हो । र, पढ्नलाई व्यवस्थित बनाउनुभएको हो । उहाँ धन्यवादको पात्र हुनुहुन्छ ।

भ्रष्टाचारका मुद्दामा दुईथरी फैसला हुनु भएन । एउटा ठहर्‍याउने, अर्को नठहर्‍याउने हुनु भएन । भ्रष्टाचारमा ठहर भएकालाई पनि चुनाव लड्न दिनुपर्छ भन्ने कानुन बन्ने पनि चर्चा छ । यसरी हँुदैन । भ्रष्टाचार रोक्न कडाइका साथ आउनुपर्छ । अदालतको फैसला पनि एउटा हुनुपर्‍यो । एउटा लाइनका छौं नि जस्तो प्रकाश वस्ती, कल्याण श्रीमान्, मलगायत । हामीलाई चाहिँ सराप्ने भए, एकथरी चाहिँ वाहवाही हुने भए । हुन त जनताले हामीलाई हेर्लान् । यी न्यायाधीशले भ्रष्टाचारविरोधी फैसला गरेका छन् भन्लान् । तर यसरी दुई खालको फैसला हुनु भएन ।

यो पुस्तकबाट धेरै कुरा उजागर भएको छ । भावी पुस्तासम्मले पढ्ने इतिहासका रूपमा आएको छ । यसले ९भ्रष्टाचारविरोधी० भावना जगाएर पनि ल्याउँछ । म त युवा पुस्तालाई भन्छु, अब सहेर बस्न हुँदैन । एक करोडमा १० प्रतिशतमात्र खर्च गरेर अरू चाहिँ तह–तहमा मिलेर लुट्ने रु यो त भएन नि । वास्तवमा हामी सिद्धिएकै भ्रष्टाचारले हो । हिजोअस्ति मैले एक जना राजदूतले यति राम्रो नेपाल के भएको होला भनी आश्चर्य मान्दै लेखेको पढें । प्रत्यक्ष नभनिए पनि भ्रष्टाचारले नेपाल बन्न नसकेको छनक थियो, त्यो लेख । एकथरीले सोहोरेर खानुपर्ने, अर्कोथरी भोकै बस्नुपर्ने, नाङ्गै बस्नुपर्ने, विदेशिनुपर्ने रु (विदेशमा) नोकरी गर्न जाँदा मृत्युको ट्याग बोकेर आउनुपर्ने रु यस्तो पनि हुन्छ ? यसरी सहन हुँदैन । त्यसैले म अनुरोध गर्छु, पुस्तकले मार्गदर्शन दिएको छ । हामीले भ्रष्टाचारको कुनै न कुनै रूपबाट विरोध गर्नैपर्छ । गरेनौं भने अब यस्तो हुन्छ कि जसलाई जे गर्न मन लाग्छ, गर्छ । भ्रष्टाचार मात्र होइन, अर्काको घरमै गएर सम्पत्ति लुट्ने काम पनि सुरु हुन्छ । भ्रष्टाचार मात्र होइन, अर्को महालुटको रणसंग्राम हुन सक्छ । हामीले नियम, नीति, कानुन, विधिको शासनअनुसार काम गरेनौं भने मुलुक अन्धकारतिर धकेलिनेछ ।

(पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले हरिबहादुर थापाद्वारा लिखित ‘रजगज’ पुस्तक सार्वजनिक गर्ने क्रममा दिएको अभिव्यक्तिको सम्पादित अंश)

प्रकाशित : भाद्र १४, २०७४ ०७:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बालक मृत्युपछि नर्भिकमा विरोध

कान्तिपुर संवाददाता

काठमाडौं — थापाथलीस्थित नर्भिक अस्पतालमा डाक्टरको लापरबाहीले दैलेखकी १६ महिने शिशुको ज्यान गएको भन्दै आफन्तले विरोध गरेका छन् ।

बच्चाको मृत्यु भएसँगै आफन्तहरूले मंगलबार दिउँसोदेखि विरोध र तोडफोड गर्न थालेपछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो । तोडफोडले अस्पतालका झ्याल–ढोका र केही थान कम्प्युटर फुटेको अस्पतालले जनाएको छ । प्रहरीले अस्पतालमा पहरा दिएको छ । 
सामान्य ज्वरो आएर मंगलबार बिहान भर्ना भएकी बालिका भिक्टोरिया आचार्यलाई दिउँसो अस्पतालले एकाएक मृत घोषणा गरेको मृतकका बाबु चिकित्सक डा. रमेश आचार्यले बताए । बालिकाको मृत्युसँगै आमा चन्द्रा चपाईंको अवस्था गम्भीर छ । ‘डाक्टरको टिमले बच्चाको फोक्सोमा आवश्यकताभन्दा मोटो पाइप घुसारिदिएछन्, धेरै रगत बगिरहेको थियो,’ बुवा रमेशले भने, ‘रगत नरोकिएपछि हामीले कान्ति बाल अस्पताल लान्छौं भन्दा दिएनन्, पछि मृत्यु भएको बताए ।’ बच्चा लिन कान्तिबाट एम्बुलेन्स आइसक्दा पनि डाक्टरको टिमले जबर्जस्ती गरेर लैजान नदिएको आचार्यले बताए ।
बच्चाको मृत्युबारे अस्पतालले स्पष्ट कारण नदिएको परिवारले बताएको छ । बच्चाको उपचारमा संलग्न डाक्टर विनीता जोशी र रितु लामिछाने घटनापछि आफूहरूको सम्पर्कमा नआएको पीडित परिवारको दाबी छ । बच्चाको मृत्युबारे अस्पतालले चित्तबुझ्दो जवाफ नदिएसम्म आन्दोलन नरोकिने परिवार र आफन्तले जनाएका छन् । सरकारले अस्पताललाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । ‘नत्र हामी सडक आन्दोलन थाल्छौं,’ बच्चाका हजुरबुवा भूपेन्द्र चपाईंले भने । यसबारेमा प्रतिक्रिया लिन खोज्दा नर्भिक अस्पताल प्रशासनले कुनै जवाफ दिन चाहेन ।

 

प्रकाशित : भाद्र १४, २०७४ ०७:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×