१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

म्यादी प्रहरीमा सप्तरीका युवाको आकर्षण

अबधेश झा

काठमाडौं — अझैपनि स्थानीय चुनावलाई स्वीकार नगरेको मधेसी मोर्चाले आफ्नो प्रभाव क्षेत्र दावी गर्ने सप्तरीका युवाहरु म्यादी प्रहरीप्रति आकर्षण देखिएको छ । आइतवार जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्ना हुन फारम भर्ना आएका युवाहरुको लामो लाइन देखिन्थ्यो ।

 म्यादी प्रहरीमा सप्तरीका युवाको आकर्षण

शुक्रबारदेखि जिल्लामा म्यादी प्रहरीको लागि भर्ना खुलेको हो । शुक्रबार र शनिबार गरेर जम्मा ६० जनाले मात्र आवेदन दिएपनि आइतवार भने ठूलो संख्यामा युवाहरु आवेदन दिन आएको प्रहरी निरिक्षक विजले श्रेष्ठले बताए।

बैशाख ३१ गतेका लागि घोषणा भएको स्थानीय चुनावको सुरक्षार्थ खटिने म्यादी प्रहरीको लागि चैत १७ गतेसम्म आवेदन दिन पाइनेछ ।

मुलुकभरका लागि ७५ हजार म्यादी प्रहरीको माग रहेको छ । प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीका अनुसार सप्तरीका लागि २ हजारदेखि २५ सयसम्म म्यादी प्रहरी आवश्यक रहेको छ ।

प्रकाशित : चैत्र १३, २०७३ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?