१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

स्थानीय स्रोत साधनबाट बनाइयो टेलिस्कोप

काठमाडौँ — स्थानीयस्तरमा उपलब्ध स्रोत साधनहरुको प्रयोग गर्दै टेलिस्कोप बनाउने तीन दिने कार्यशाला काठमाडौंको छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनका नेपाल र भारतका राष्ट्रिय जनसम्पर्कीय संयोजकहरुका आयोजकत्वमा कार्यशाला सम्पन्न भएको हो ।

स्थानीय स्रोत साधनबाट बनाइयो टेलिस्कोप

इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन अन्तर्गत अफिस अफ एस्ट्रोनोमी फर नेपाल, इन्टर-युनिभर्सिटी सेन्टर फर एस्ट्रोनोमी एन्ड एस्ट्रो फिजिक्स, इन्डिया तथा पञ्चकन्या माध्यमिक विद्यालयको समन्वयमा कार्यशाला नेपाल एस्ट्रो नोमिकल सोसाईटी (नासो) ले नेपालमा आयोजना गरेको थियो ।

नासोका अध्यक्ष सुरेश भट्टराईका भने, 'मे-२७ देखि २९ सम्म सञ्चालित यस प्रकारको कार्यशालामा सम्भवत: नेपालमै पहिलो पटक गर्न सफल भएका छौं र त्यसमा पनि सहभागीहरुले बनाउनुभएको ५ इन्चको रिफ्लेक्टर टेलिस्कोप नेपालमा पहिलो पटक नै बनेको हो।'

नेपाल एस्ट्रोनोमिकल सोसाइटी, तथा उपत्यकाभित्र एवं बाहिरका ७ विद्यालयका विज्ञान शिक्षकहरु गरी जम्मा २१ जना सहभागी उक्त कार्यशालामा इन्टर-युनिभर्सिटी सेन्टर फर एस्ट्रोनोमी एन्ड एस्ट्रो फिजिक्स , इन्डियाका पब्लिक आउटरिच अफिसर समिर धुर्देले प्रशिक्षण दिएका थिए । कार्यशालामा सहभागीहरुले परावर्ती टेलिस्कोप (रिफ्लेक्टिङ टेलिस्कोप) र आवर्ती टेलिस्कोप (रिफ्राक्टिङ टेलिस्कोप) बनाउन प्रशिक्षण लिए । कार्यशालामा शिक्षकहरुले टेलिस्कोपको बारेमा सैद्धान्तिक अवधाराणालाई अभ्यासमा उतार्दै वास्तविक टेलिस्कोप बनाउन सिकेका छन् ।

सहभागीले पीभीसी पाइप, किल्ला, प्लाई तथा अन्य स्थानीय सामग्रीहरुका साथै इन्डियाबाट ल्याइएको लेन्स तथा ऐना प्रयोग गरी ५ वटा आवर्ती टेलिस्कोप र ३ वटा परवर्ती टेलिस्कोप बनाएका हुन् । 'यस प्रकारको कार्यशाला शिक्षकको लागि अति नै अपरिहार्य छ जति विद्यार्थथहरुका लागि आवश्यक छ किनभने कक्षामा सिकाउने शिक्षकहरुलाई पनि प्रयोगात्मक ज्ञानको कमी छ, यो ३ दिनभित्र उहाँहरुले निकै मिहिनेत र परिश्रम गरेर टेलिस्कोप बनाउन सिक्नु भएको छ ।' इन्टरनेसनल एस्ट्रो नोमिकल युनियनको नेपालका लागि अर्का जनसम्पर्कीय संयोजक तथा नासोका परियोजना संयोजक मनिषा द्वाले बताइन् ।

कार्यशालामा कक्षा-४ देखि कक्षा-१२ सम्म पढाउने शिक्षकहरुको सहभागिता रहेको थियो । पाठ्यक्रममा भएको सैद्दान्तिक कुराहरुलाई अभ्यास गरी नेपालकै लागि पहिलो रिफ्लेक्टिङ टेलिस्कोप बनाउन पाउँदा निकै हर्षित रहेको र यस प्रकारका कार्यशालाहरु हरेक विद्यालयमा हुनुपर्ने र त्यसका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने कुरा सेलिब्रेसन कोएड विद्यालयका विज्ञान शिक्षक मनिराम राईले जनाए।

प्रकाशित : जेष्ठ १८, २०८० १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?