कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजकै दिन : मंगलग्रह पुगेको थियो पहिलो यान

काठमाडौँ — सन् १९७१ मा आजकै दिन (मे ३०) मा मंगलग्रहको अध्ययनका लागि ‘मरिनर ९’ यानको प्रक्षेपण गरिएको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले फ्लोरिडास्थित केप क्यानाभरेल एयर फोर्स स्टेसनबाट उक्त यान मंगलग्रहतर्फ पठाएको थियो ।

आजकै दिन : मंगलग्रह पुगेको थियो पहिलो यान

‘मरिनर ९’ मंगलग्रहमा पुगेको पहिलो यान हो । यान प्रक्षेपणका लागि १३ करोड अमेरिकी डलर खर्च भएको थियो । एक हजार एक सय १६ पाउन्डको रोबटिक यान सोही वर्षको नोभेम्बर १३ मा मंगलग्रहको कक्षमा प्रवेश गरेको थियो । यानले एक वर्षसम्म दिनको दुई पटक ग्रहको परिक्रमा गरेको थियो ।

त्यसक्रममा यानले मंगलग्रहको सतहको तस्बिर लिने तथा इन्फ्रारेड र अल्ट्राभायोलेट औजारको सहयोगमा वायुमण्डलीय अवस्थाको विश्लेषण गरेको थियो । १९७२ को अक्टोबरमा मिसन सम्पन्न हुनुअघिसम्म यानले ७ हजार ३ सय २९ वटा तस्बिरहरू खिचेको थियो ।

प्रकाशित : जेष्ठ १६, २०८० ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?