१ अर्बको अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष

बजेटमा खगोलीय अनुसन्धान, स्याटेलाइट निर्माणजस्ता योजनाले प्राथमिकता पाएनन्
गोविन्द पोखरेल

काठमाडौँ — सरकारले पूँजीगत बजेटको १ प्रतिशत रकम अनुसन्धान नप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिने भएको छ । आर्थिक वर्ष ०८०/८१को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कूल बजेटको १ प्रतिशत बजेट यो क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका हुन् ।

१ अर्बको अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष

यस्तै, अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न १ अर्ब विनियोजन गरिएको उनले जानकारी दिए । २०७६ सालमा ल्याइएको राष्ट्रिय विज्ञान,प्रविधि तथा नवप्रवर्तन नीतिमा कोष स्थापना गर्ने उल्लेख छ ।

कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिने मन्त्री महतले बताए । यस्तै, सरकारबाट विभिन्न निकायबाट हुने अनुसन्धान,नवप्रर्वतन र आविष्कार सम्बन्धीका कार्यक्रम यसै कोषमा आबद्ध गर्दै लगिने उल्लेख छ । सरकारले कोष सञ्चालन एवं सहजीकरण गर्नका लागि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै इकाइको स्थापना गर्ने जनाएको छ । नवप्रवर्तन, आविष्कार र अनुसन्धान सम्बन्धीको कार्यमा उक्त इकाइले समन्वय एवं सहजीकरण गर्ने बताइएको छ ।

यस्तै, विज्ञान, प्रविधि, इन्जिनियरिङ,कला,गणितलगायतका विषयमा विद्यालस्तरदेखि नै अनुसन्धान र नवप्रवर्तनको सोच र क्रियाशिलताको विकास गरिने उल्लेख छ ।

रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोग,व्यवस्थापन नियमन तथा अनुगमनका लागि नियमनकारी निकाय स्थापना गर्न आवश्यक तयारी गरिने उल्लेख छ । रासायनिक पदार्थको सुरक्षित प्रयोग,नियमन तथा व्यवस्थापनका लागि आवश्यक कानुनी व्यवसथा गरिने उल्लेख छ ।

सरकारले ल्याएको यो बजेटमा खगोलीय अनुसन्धान,स्याटेलाइट निर्माणका विषयहरूले भने प्राथमिकतामा पाएनन् ।

प्रकाशित : जेष्ठ १५, २०८० २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?