'डिजिटलाइजेसन' का विषय सदनमा उठाउनुपर्छ : सांसद श्रेष्ठ- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'डिजिटलाइजेसन' का विषय सदनमा उठाउनुपर्छ : सांसद श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सांसदहरुले डिजिटलाइजेसनका विषयलाई सदनमा उठाउनुपर्ने बताएकी छिन् ।

बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको साइबर सुरक्षा संवाद कार्यक्रमको दोस्रो सत्र बलियो पूर्वाधार : नीतिगत सुधार विषयक अन्तरक्रियामा आफ्ना कुरा राख्दै सांसद श्रेष्ठले सरकारी निकायबीच समन्वयको अभाव भएको बताएकी हुन् ।

सांसदले विकास निर्माणका कुराभन्दा पनि नीतिगत सुधारका विषयलाई सदनमा उठाउनुपर्नेमा सांसद श्रेष्ठले जोड दिइन् । अझै पनि सरकारी निकायहरुबाट समान प्रकृतिका मेलहरु नपठाइने उनको भनाइ थियो । त्यस्तै सांसदहरुलाई डिजिटल प्रविधिको तालिम उपलब्ध नभएको सांसद श्रेष्ठले बताइन् । उनले भनिन्, ‘सरकारी निकायबाट कति इमेल आउँछन् ? पार्लियामेन्टबाट कति मेल आउँछ ?’

सरकारी निकायहरुबीच समन्वयकारी संसाधनको अभाव रहेको पनि उनले बताइन् । समन्वयकारी भूमिकाका लागि अहिले पनि गूगलकै भर पर्नु परेको उनको भनाइ छ ।

त्यस्तै फरक प्रसंगमा पहिले आफू विभिन्न नीति निर्माणका लागि सांसदहरुलाई भेट्नै कठिन हुने अवस्था भए पनि अहिले भने आफूले नागरिकका आवाजलाई समेटेर नीतिनिर्माणका लागि पहल गरिरहेको उनले बताइन् । उनले संसद्को गति पनि कम भएको बताइन् ।

उनले अगाडि भनिन्, ‘संसद्को गतिबारे पहिलेदेखि उठाइरहेको छु । सदनमा गतिभन्दा विषयहरु प्राथमिकीकरण लुप्त छ । कानुन बनाउने नीतिनिर्माताहरुसग भेट्ने एक्सेस नै हुँदैन थियो । अरुलाई भनेर भेट्नु पर्ने बाध्यता थियो । त्यसलाई हटायौं । अहिले अरुलाई पनि शिक्षा दिन पाएका छौं ।’

प्रकाशित : फाल्गुन ११, २०७९ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्

टाइम्स बर्नहार्ट कपको सेमिफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — टाइम्स कलेज १० औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनल पुगेको छ ।

आयोजक बर्नहार्ट कलेजको कोर्टमा टाइम्सले जेभियरलाई ४६–३३ स्कोरले हरायो । टाइम्सका पारसले १३ स्कोर गरे । सेमिफाइनलमा टाइम्सको भेट नवोदितसँग हुनेछ । अर्को सेमिफाइनल रातो बंगला र सीसीआरसीबीच हुनेछ ।

यसैबीच आयोजक काष्ठमण्डप ‘ए’ छैटौं काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबलमा बिहीबार क्वाटरफाइनलमा पुगेको छ ।

मल्पी ‘ए’, काठमाडौं वर्ल्ड स्कुल, बूढानीलकण्ठ ‘ए’ र ‘बी’, नामी, साइपाल तथा ग्लोबल कलेज क्वाटरफाइनलमा पुगे ।

प्रकाशित : फाल्गुन ११, २०७९ १९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×