भुक्तानी सेवा प्रदायकको साइबर सुरक्षाबारे राष्ट्र बैंकले निगरानी गरिरहेको छ : धुजु - विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुक्तानी सेवा प्रदायकको साइबर सुरक्षाबारे राष्ट्र बैंकले निगरानी गरिरहेको छ : धुजु 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका निर्देशक कृष्णराम धुजुले भुक्तानी सेवा प्रदायक कम्पनीहरुले अपनाएको हार्डवेयर तथा सफ्टवेयर सुरक्षाका विषयमा राष्ट्र बैंकले सुक्ष्म निगरानी गरिरहेको बताएका छन् । भुक्तानी सेवा प्रदायकको कुनै एक ठाउँमा साइबर आक्रमण भएमा त्यसले समग्र सिस्टमलाई असर पर्ने भएकाले यस विषयमा आफूहरु संवेदनशील रहेको उनले बताए । 

कान्तिपुर मिडिया ग्रुपले बिहीबार आयोजना गरेको साइबर सेक्युरिटी डाइलगअर्न्तगत 'बलियो पूर्वाधार र नीतिगत सुधार' सत्रमा बोल्दै धुजुले नेपाली बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकले सुक्ष्म रुपमा नियालिरहेको बताए । हालसम्म नेपाल राष्ट्र बैंकले नै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गदै आइरहेको बताउँदै धुजुले यो वर्ष डिजिटल भुक्तानी प्रणाली वर्ष भनेर मनाइरहेको उल्लेख गरे ।

उनका अनुसार २०७४ देखि राष्ट्र बैंकले विभिन्न डिजिटल भुक्तानी वालेटहरुलाई लाइसेन्स दिइरहेको छ । 'राष्ट्र बैंकले २०७४ देखि २०७७ सम्ममा भुक्तानी प्रणालीका लागि १० ओटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा २७ ओटा भुक्तानी प्रणाली प्रदायक (पीएसपी) लाइसेन्स दिएको छ', उनले भने 'टेक्नोलोजीको विकाससँगै भुक्तानीका लागि पनि नयाँ प्रविधिको विकास भएको छ ।'

राष्ट्र बैंक आफैले सञ्चालन गरेको आरटीजीएसबाट दैनिक १ खर्बको कारोबार भएको उनले बताए । यस्तै वालेटहरुमार्फत मासिक रुपमा करिब २० अर्ब रुपैयाँको कारोबार हुने गरेकाले पनि पछिल्ला वर्ष डिजिटल कारोबार बढेको स्पष्ट हुने उनले बताए । भुक्तानी सेवा प्रदायकको साइबर सुरक्षाको लागि हालै राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणाली सम्मबन्धि एकीकृत निर्देशन २०७९ धेरै परिर्वतन गरेको उनको भनाइ छ । उनले भने, ‘ भुक्तानी सेवा प्रदायकलाई हार्डवेयर, सफ्टवेयर सुरक्षाका लागि निर्देशन दिइएको छ ।’ साइबर सुरक्षामा आक्रमण भइहालेको अवस्थामा त्यस्तो आक्रमणको सामना गर्नको लागि सूचना प्रविधि आकस्मिक सहायता समूह गठन गर्नुपर्ने साथै भुक्तानी सेवा प्रदायकका कर्मचारीलाई तालिम दिइनुपर्ने समेत धुजुले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्

कर्तव्य ज्यान मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ बनकट्टीका ५८ वर्षीय हर्कबहादुर ऐडीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए । ऐडीको जल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। ऐडीविरुद्ध २०६२ भदौ २५ गते मुद्दा दर्ता भएको थियो। त्यही समयदेखि उनी फरार भएका थिए ।

सुरुमा करेन्ट लागेर मृत्यु भएको भनिएकी बनकट्टीकै उजलादेवी खड्काका आफन्तको जाहेरीका आधारमा मुद्दा दर्ता भएको थियो । अनुसन्धानका क्रममा वन्यजन्तुका लागि ऐडीले थापेको विद्युतीय धरापमा करेन्ट लागेर खड्काको मृत्यु भएको देखिएपछि प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो ।


प्रकाशित : फाल्गुन ११, २०७९ १८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×