साइबर सुरक्षामा सरकार गम्भीर छैन : वरिष्ठ अधिवक्ता खरेल- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइबर सुरक्षामा सरकार गम्भीर छैन : वरिष्ठ अधिवक्ता खरेल

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ अधिवक्ता तथा सूचना प्रविधि कानुन विज्ञ शतीशकृष्ण खरेलले साइबर सुरक्षाका विषयमा सरकार गम्भीर नरहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बिहीबार काठमाडौंमा आयोजना गरेको साइबर सुरक्षा संवादअन्तर्गतको दोस्रो सत्र 'बलियो पूर्वाधार : नीतिगत सुधार' विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता खरेलले साइबर सुरक्षासम्बन्धी नीति तथा कानुन निर्माण र पूर्वाधार लगानीमा सरकार गम्भीर नभएको बताएका हुन् ।

सरकारले कार्यालयहरूमा वैधानिक सफ्टवेयर प्रयोग नगरेको पनि उनको आरोप थियो ।उनले भने, ' जबसम्म सरकारले संघ, प्रदेश र स्थानीय तहमा साइबर सुरक्षासम्बन्धी वैधानिक सफ्टवेयर प्रयोग गरेका छौं भनेर दाबी गर्दैन तबसम्म साइबर सुरक्षामा सरकार गम्भीर छ भनेर म मान्न तयार छैन ।'

कर्मचारीबाटै पनि कम्प्युटरमा पहुँच बनाएर नीतिगत रुपमै दुरुपयोग र भ्रष्टाचारका घटनासमेत घटेको पाइएको उनले उदाहरण पेस गरे । यातायात कार्यालयका कर्मचारीले आफूले प्रयोग गर्दै आएको कम्प्युटर प्रयोग गरेर सवारी चालक अनुमतिपत्रको परीक्षामा फेल भएका सेवाग्राहीलाई पास बनाएको उनले उदाहरण पेस गरेका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक : अध्यक्ष यादव

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई उपराष्ट्रपति पद दिनका लागि माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले यसबारे जानकारी दिएका हुन् ।

बैठकमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन लगायतका विषयमा छलफल भएको उनले बताए । यस क्रममा माओवादी केन्द्र जसपालाई उपराष्ट्रपति दिनका लागि सकारात्मक भएको उनको भनाइ थियो ।

नेता यादवले भनेका छन्, ‘उपराष्ट्रपति, राष्ट्रपति, सरकार लगायतका विषयहरुमा हामीले आफ्नो धारणा राख्ने काम गर्‍यौं । माओवादी अत्यन्त सकारात्मक हुनुहुन्छ । सरकारलाई गतिशील बनाउने कुराहरु फेरि अन्यत्र पनि जोडिएका छन् । अहिलेको सरकार त हामी बाहेकको सरकार न हो । एमाले र माओवादी लगायत पार्टीहरुको सहकार्यमा बनेको सरकार हो । त्यसको विषय के हो त ? अब कहीँ न कहीँ एउटा किनारा त लाग्नुपर्‍यो । कि यता कि उता । त्यसका विषयमा पनि छलफल हुने आउने दिनमा । माओवादीहरु, प्रचण्डजीहरु जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहनुभएको छ ।’

आफूहरूको छलफल निरन्तर चल्ने र मन्त्रिपरिषद्‍ बैठकपछि पुन: बैठक बस्ने उनले जानकारी दिए ।बिहीबार साँझ नै पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरु छलफलमा जुट्ने उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ११, २०७९ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×