साइबर सुरक्षाका लागि नीति र पूर्वाधारको अभाव छ : सचिव अर्याल- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइबर सुरक्षाका लागि नीति र पूर्वाधारको अभाव छ : सचिव अर्याल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा साइबर अपराध नियन्त्रणका लागि उचित नीतिगत व्यवस्था र पर्याप्त पूर्वाधारको अभाव रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बिहीबार काठमाडौंमा आयोजना गरेको साइबर सुरक्षा संवाद अन्तर्गतको दोस्रो सत्र बलियो पूर्वाधार र नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले नीतिगत व्यवस्था र पूर्वाधारको अभावले साइबर सुरक्षाप्रति ढुक्क हुने अवस्था नरहेको बताए । 

‘हामीसँग साइबर सुरक्षा सम्बन्धी एकीकृत नीति छैन । त्यो भन्न लाज मान्नु पर्ने कुनै कारण छैन,’ उनले भने, ‘नयाँ ऐनका लागि मस्यौदाको काम भइरहेकाले त्यसमा घनिभूत छलफल गर्न बाँकी छ । पछिल्ला केही घट्नाक्रमले केही विषयमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’ पछिल्ला वर्षहरुमा सूचना प्रविधिमा लगानी बढेपनि त्यो कम्प्यूटर लगायत उपकरण किन्न बढी खर्च भइरहेको भन्दै उनले बलिया सफ्टवेयर खरिदमा नभएको बताए । सूचना प्रविधिसँग सम्बन्धित जनशक्ति पनि पर्याप्त नभएको उनले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७९ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्

चितवनमा हत्या आरोपित पक्राउ

कान्तिपुर संवाददाता

चितवन — आमाको हत्या गरेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-११ गणेशथानका ४० वर्षीय पुरन घलेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

घलेले आमा ७८ वर्षीया मिनाकुमारी घलेलाई लौरेले टाउकामा हानेर ज्यान लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

मिनाकुमारी बुधबार राति गणेशथानको घरमा मृत भेटिएकी थिइन् । घटनाबारे बुझ्दा छोरा पुरनले रक्सी खाएर आमासँग झगडा गरेको र विवाद बढ्दै जाँदा लौरेले टाउकोमा हानेको खुल्न आएको डिएसपी पण्डितले बताए । घटनापछि भागेका पुरन घर नजिकै लुकेर बसेका बेला बिहीबार मध्याह्न साढे १२ बजेतिर पक्राउ परेका हुन् । पुरन मिनाकुमारीका कान्छा छोरा हुन् ।

प्रकाशित : फाल्गुन ११, २०७९ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×