अनलाइनबाट आवेदन लियौं, काम डिजिटल भएन : विवेक राणा- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनलाइनबाट आवेदन लियौं, काम डिजिटल भएन : विवेक राणा

कान्तिपुर संवाददाता

काठमाडौँ — साइबर सुरक्षा विज्ञ विवेक राणाले सार्वजनिक निकायमा अनलाइन सेवाबाट आवेदन लिइए पनि अन्य काम डिजिटल हुनै नसकेको बताएका छन् । जसले गर्दा झन्झटिलो भई अनलाइन आवेदन प्रणाली प्रति पनि सर्वसाधारणको विश्वास घटेको बताए ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको साइबर सुरक्षा संवादमा बोल्दै राणाले सार्वजनिक निकायले अनलाइनबाट आवेदन लिने सेवा सुरु गरे पनि काम डिजिटल नहुँदा ग्राहकलाई झन् सास्ती भएको बताए । साइबर सुरक्षा इन्डेक्समा नेपाल पहिले भन्दा माथि गए पनि अपराध बढिरहेको उनको भनाइ छ ।

अन्य मुलुकहरुले सिस्टमहरु तयार गर्ने क्रममा ९ वर्षको योजना बनाउने गरे पनि नेपालमा १ वर्षको मात्रै बनाइने गरेको र सिस्टमको डिजाइन गर्दा त्यसको क्षमता र प्रभावकारिताका सन्दर्भमा ध्यान नदिइने गरेको उनले बताए ।

सरकारले डिजिटल इकोनोमीको कुरा गरिरहे पनि नेपालमा डिजिटल प्लाटफर्म नै विकास हुन नसकेको उनको भनाइ छ । उनले भने 'आइटी गभर्नेन्सका कुरा नै राम्ररी गर्न सकेका छैनौं, हाम्रो सोच आइटीमै केन्द्रित छ । डिजिटल गभर्नेन्स परको कुरा । आइटी र डिजिटल फरक विषय हुन् ।' सामान्य एउटा डिभाइस किन्दा पनि हामीले त्यसको सुरक्षाका विषय नसोची मूल्यमा बढी सोच्ने गरिएको उनको भनाइ छ । इन्टरनेटको प्रयोग प्रविधिको सुरक्षाका विषयमा बढी प्रयोग हुनुपर्ने उनले बताए ।


प्रकाशित : फाल्गुन ११, २०७९ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्

अवैध उत्खननमा प्रयोग गरिएका ट्र्याक्टर, डोजर र टिपर नियन्त्रणमा

अमृता अनमोल

बुटवल — नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा रुपन्देही प्रहरीले ट्र्याक्टर, डोजर र टिपर नियन्त्रणमा लिएको छ ।

९ ट्र्याक्टर, ३ वटा जेसीबी र १ टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । देवदह नगरपालिका, ओमसतिया, रोहिणी र सुद्धोधन गाउँपालिकाबाट बिहीबार नियन्त्रणमा लिइएका ती साधनहरुलाई २ लाख ६८ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको प्रहरीले जनाएको छ ।

नदीजन्य पदार्थको अवैध उत्खनन बढेपछि रुपन्देही प्रहरीले विशेष निगरानी टोली खटाएको थियो ।


प्रकाशित : फाल्गुन ११, २०७९ १६:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×