आफू ह्याकिङमा परेपछि मात्रै साइबर सुरक्षामा सचेत हुने गरेको पाइन्छ :  सञ्जय गोल्छा- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

आफू ह्याकिङमा परेपछि मात्रै साइबर सुरक्षामा सचेत हुने गरेको पाइन्छ :  सञ्जय गोल्छा

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वसाधारणहरू आफूलाई नपरेसम्म साइबर सुरक्षासम्बन्धी विषयमा सचेत हुने नगरेको विज्ञहरूले बताएका छन् । साइबर आक्रमणका घटनाबारे जानकार भएको दाबी गरे पनि आफूलाई नपरेसम्म साइबर सुरक्षासम्बन्धी  शिक्षा र जानकारी प्रयोगकर्ताको प्राथमिकतामा नपरेको विज्ञहरूले बताएका हुन् ।

कान्तिपुर मिडिया ग्रुपले बिहीबार आयोजना गरेको 'साइबर सेक्युरिटी डायलग १.०' को पहिलो सत्र 'अधिक प्रयोग : न्यून साक्षरता' मा बोल्दै नियोटेरिक नेपालका प्रबन्ध निर्देशक सञ्जय गोल्छाले साइबर सुरक्षामा कम ध्यान दिने गरेको पाइयो ।

‘नेपालमा हाल धेरै डेलिभर सर्भिस सञ्चालनमा भएको र उनीहरुले हाम्रो डाटा कलेक्ट गर्ने गरेका छन् । यसमा नियमकहरुले अलि बढी नियमन गर्नुपर्छ ’ उनले भने ‘यसमा कम्पनीहरू सचेत हुनुपर्छ ।’

साइबर सेक्युरिटीको धेरै ठूलो क्षेत्र छ । पछिल्लो समय डेटामा सबैको ध्यान गएको छ । प्रबन्ध निर्देशक गोल्छाले कम्पनीको अनुशासनलगायतका कुरामा अलि कडाइका साथ लाग्नु पर्ने बताए । ‘डेटा सबैको लागि पैसा भएको छ । यसबाट आर्थिक लाभ लिन सक्ने र सबैजना यसको पछि लागेको देखिन्छ ’ उनले थपे ‘किन यसबाट साइबर क्राइम भएको छ ? नेपालको कुरा हेर्ने हो भने खाना डेलिभरी गर्ने, राइड सेयरिङ, इन्टरेनेट सर्भिस प्रोभाइडर सबैले ग्राहकहरूको व्यक्तिगत डेटा मागेका हुन्छन् । यसमा नियमकले राम्रोसग अध्ययन गर्नुपर्छ ।’ ’

साइबर क्राइम भनेको बाहिरबाट आउने कुरामात्र नभएको गोल्छाले बताए । ‘यसमा कम्पनीको अनुशासन, नियामक सबैको भूमिका हुने । र्‍यान्समवेयर इमेलहरु आएका हुन्छन् यसमा हामी धेरै झुक्किने गरेका छौँ,’ उनले भने, ‘हामी थाहा भएकाहरूबाट समेत यसबाट झुक्किन अवस्था आउँछ । पहिलेभन्दा केही साक्षरता बढेको देखिन्छ । सबै प्रकारका अपराध मँसग हुँदैन अरुसँग मात्रै हुन्छ भन्ने कुराले मानिसहरू समस्यामा पर्छन् ।’

प्रकाशित : फाल्गुन ११, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री दाहाल र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचन र सम्भावित राजनीतिक समीकरणका विषयमा दलहरूसँग छलफल गरिरहेका छन् ।

त्यहीक्रममा सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा जसपाका अध्यक्ष यादवसहित शीर्ष नेताहरूसँग छलफल गरेका हुन् । भेटमा उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेसमेत सहभागी थिए ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिँदै आएका छन् भने कांग्रेसका सहित विपक्षमा रहेका दलहरूसँग समेत दाहाल निरन्तर संवादमा छन् । बुधबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग भेटेर विगतको निर्वाचनभन्दा अगाडिको पाँच दलीय गठबन्धन ब्युँताउने समझदारी गरेका दाहालले शक्ति बाँडफाँटका विषयमा दलहरूसँग संवाद गरिरहेका छन् ।

बिहीबारै जसपाका नेताहरूसँग भेटवार्ता गर्नुअगाडि प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७९ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×