साइबर सुरक्षा मजबुत बनाउन प्रयोगकर्ता पनि डिजिटल साक्षर हुन आवश्यक छ : एसएसपी अर्याल- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

साइबर सुरक्षा मजबुत बनाउन प्रयोगकर्ता पनि डिजिटल साक्षर हुन आवश्यक छ : एसएसपी अर्याल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले साइबर सुरक्षाको कार्यान्वयनका लागि प्रयोगकर्ता पनि साक्षर हुनुपर्ने बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बिहीबार आयोजना गरेको 'कान्तिपुर : साइबर सेक्युरिटी डायलग १‍.०' को पहिलो सत्र 'अधिक प्रयोग : न्यून साक्षरता' मा आफ्ना कुरा राख्दै एसएसपी अर्यालले पछिल्लो समय विभिन्न अनलाइन पोर्टल र अनलाइन कारोबारका नाममा साइबर ठगी भइरहेको बताएका हुन् ।

एसएसपी अर्यालले साइबर सुरक्षालाई थप मजबुत बनाउनका लागि दक्ष जनशक्तिका साथै क्षमता विकासलगायतका कुरालाई विशिष्टकृत रूपमा अध्ययन गरेर सुरक्षा रणनीति बनाउनुपर्ने बताएका हुन् ।

एसएसपी अर्यालले भने, 'पछिल्लो समय डेटिङ पोर्टलको दुरुपयोग बढिरहेको छ । त्यस्तै विद्युतीय कारोबारसम्बन्धी ठगी पनि बढिरहेको छ । ओटीपी, वालेटलगायतका कुरामा सेवाग्राही ठगिएका छन् ।'

वित्तीय तथा विभिन्न क्षेत्रमा देखिएको साइबर असुरक्षाको सामना गर्नका लागि प्रमाणित सफ्टवेयरहरूको प्रयोग हुनुपर्ने एसएसपी अर्यालले बताए । साइबर अपराधहरू न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल प्रहरीले प्रदेशमा समेत साइबर ब्युरोको विस्तारका लागि काम गरिरहेको ब्युरो प्रमुख अर्यालले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ११, २०७९ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्

'साइबर अपराधका घटना लुकाउने प्रवृत्ति धेरै छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा साइबर अपराधका घटनाहरु लुकाउने प्रचलन धेरै रहेको र यस्तो प्रवृत्ति बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बिहीबार काठमाडौंमा आयोजना गरेको साइबर सुरक्षा संवाद अन्तर्गतको पहिलो सत्र 'अधिक प्रयोग न्यून साक्षरता' विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अपराधका घट्ना लुकाएर भन्दा बाहिर ल्याउँदा समस्या समाधानका प्रयास हुने भए पनि सरोकारवाला निकाय र सम्बन्धित संस्थाले आफ्नो कम्पनीमा घटेका अपराधका घटना लुकाउन खोज्ने, भित्रभित्रै समाधानका प्रयास गर्ने र समस्या समाधान भइसकेपछि पनि उक्त घटना बाहिर ल्याउन नचाहने प्रवृत्ति अझै कायम रहेको उनले बताए ।

उनले भने 'समस्या लुकाएर भन्दा बाहिर ल्याउँदा छिटो समाधान गर्न सकिन्छ । ती घटनाका आधारमा सरकार र नीति निर्माताहरुले आवश्यक कानुन बनाउन सक्छन् तर, घटना लुकाउने प्रवृत्ति बढ्दै गएकाले प्रभावकारी रुपमा काम हुन सकेको छैन ।'

प्रकाशित : फाल्गुन ११, २०७९ १५:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×