चन्द्रमाको थप अन्वेषणमा शक्तिशाली देशहरूबीच प्रतिस्पर्धा- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द्रमाको थप अन्वेषणमा शक्तिशाली देशहरूबीच प्रतिस्पर्धा

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०२३ मा रुस, भारत र युरोपियन स्पेस एजेन्सीले चन्द्रमा जाने मिसन प्रक्षेपणसँगै अन्तरीक्ष अन्वेषणका अन्य कार्यहरू गर्दैछन् । अर्को वर्ष अमेरिकाको आर्टिमिस-२ अन्तर्गत अन्तरीक्षयात्रीहरू चन्द्रमा जाँदैछन् ।

आर्टिमिस मिसन अमेरिकी अन्तरीक्ष संस्था नासाको बहुप्रतिक्षित मिसन हो जहाँ अन्तरीक्षयात्री चन्द्रमामा पुगेर फर्कनेछन् । यो मिसनको तयारी अन्तर्गत हालै आर्टिमिस-१ मिसन सम्पन्न भएको छ जहाँ अन्तरीक्ष यानले चन्द्रमाको कक्ष सफलतापूर्वक फन्को लगाएर पृथ्वी फर्किसकेको छ ।

भारतले चन्द्रयान-३ मिसन जुन २०२३मा प्रक्षेपण गर्दैछ । उसले चन्द्रमामा ल्यान्डिङ मोड्युल र रोबोटिक रोभर चन्द्रमाको सतहमा अवतरण गराउने लक्ष्य छ । भारतको अन्तरीक्ष संस्था इस्रोले यो मिसनको नेतृत्व गरिरहेको छ । सन् २००८मा भारत पहिलो पटक चन्द्रमामा चन्द्रयान-१ मार्फत पुगेको थियो ।

जुलाई २०२३मा रुसले आफ्नो २५औं चन्द्रामा मिसना लुना-२५ प्रक्षेपण गर्दै छ । यो मिसन अन्तर्गत चन्द्रमाको सतहमा एउटा लुनार प्रोभ अवतरण गराएका दक्षिण ध्रुवीय क्षेत्रबाट स्याम्पलहरु संकलन गर्ने योजना छ । रुसको अन्तरीक्ष कार्यक्रम रस्मोकसले हेर्ने गर्छ ।

सधैं चर्चाको शिखरमा रहने व्यसायी इलोन मस्कको अन्तरीक्ष कम्पनी स्पेस एक्सले पनि चन्द्रमामा ९ जना मानिस सन् २०२३को अन्त्यसम्ममा लैजाने तयारी गरिरहेको छ । स्पेस एक्सले सयजना मानिसहरू अट्न सक्ने गरी निर्माण गरेको स्टारसीप यानमार्फत जापानी अर्बपति युशाकु मेजुआसहित अन्य ८ जनालाई चन्द्रमाको सेयर गराउने योजना छ । यो मिसन सफल भएमा मस्कको सबैभन्दा ठूलो अन्तरीक्षयान 'स्टारसीप'को पहिलो मिसन हुनेछ । मंगल ग्रहमा बस्ती बसाल्ने योजना बुनिरहेका मस्कले स्टारसीप मार्फत मानिसहरुलाई चन्द्रमा हुँदै रातो ग्रहमा पुर्याउने लक्ष्य राखेका छन् ।

सन् २०२४मा नासाको आर्टिमिस-२ मिसन लन्च हुनेछ । यो मिसन अन्तर्गत अन्तरीक्षयात्रीहरु चन्द्रमालाई परिक्रमा गरेर पृथ्वी फर्कनेछन् । सन् २०२५ वा २०२६मा आर्टिमिस मिसन-३ लन्च गर्ने नासाको तयारी छ । जहाँ पहिलो महिला र पहिलो अश्वेत व्यक्तिले चन्द्रमामा अवतरण गरेर पृथ्वी फर्कनेछन् । यो मिसन सन् १९७२को एपोलो मिसनपछिको पहिलो मानव पाहिला चन्द्रममा हुनेछ । उक्त मिसनका लागि नासाले स्पेस एक्सको स्टारसीप अन्तरीक्षयान प्रयोग गर्ने जनाउँदै आएको छ ।

सन् २०३५ सालभित्रमा चीनले रुससँग मिलेर चन्द्रमामा आधार शिविर निर्माण गर्ने घोषणा गरेको छ । तर हालसम्म उक्त परियोजनाको समयतालिका तयार भइसकेको छैन । चीनले आफ्नो छुट्टै अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र सञ्चालनमा ल्याइसकेको छ । ३ जना चिनियाँ अन्तरीक्षयात्रीहरु नियमित रुपमा अन्तरीक्ष केन्द्रमा काम गरिरहेका छन् ।

अमेरिकाकीस्थित हार्वाड-स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका खगोलशास्त्रले बीबीसीलाई बताए अनुसार अमेरिका,रुस र चीनको चन्द्रमा मिसनको पछाडि आधारशिविर निर्माण गरेर नियमित रुपमा अन्तरीक्षयात्रीहरुलाई राख्ने तयारी हो । उनका अनुसार चन्द्रमामा आधार शिविर निर्माण गरेर अन्तरीक्षयात्रीलाई त्यहाँ राख्दा मंगल ग्रह मिसनका लागि पनि महत्त्वपूर्ण छ ।

विज्ञहरुले चन्द्रमामा आधार शिविर निर्माण गर्दा अन्तरीक्ष यानको प्रक्षेपण गर्न सजिलो र इन्धनको पनि खपत कम हुने पनि बताउँदै आएका छन् ।

पोर्ट्समोथ विश्वविद्यालयकी अन्तरीक्ष परियोजना व्यवस्थाप लिसिन्डा किङ चन्द्रमामा इन्धनको भण्डारण पत्ता लागेकाले पनि मुलुकहरु शिविर बनाउन लालयित छन् । 'चन्द्रमाको दक्षिणी ध्रुवमा पानीको भण्डारण रहेको पत्ता लागेको छ,' उनको भनाई लिँदै बीबीसीले लेखेको छ, 'यसलाई हाइड्रोजन र अक्सिजनमा विच्छेदन गर्न सकिन्छ । यसलाई अन्तरीक्षयानमा इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ ।'

सन् २०२३मा नासाले १६-साइच नामक छुद्र ग्रहको अन्वेषण गर्नका लागि एउटा अन्तरीक्षयानको प्रक्षेपण गर्दै छ । उक्त छुद्र ग्रह सौर्य मण्डलको निर्माणसँगै बनिएको अनुमान छ ।

युरोपियन स्पेस एजेन्सी(ईएसए)ले पनि सन् २०२३ को अप्रिलमा जुपिटर आईसी मुन एक्सप्लोरर मिसन गर्दैछ । अर्को वर्षदेखि युरोपियन स्पेस एजेन्सीले रुसी रकेट प्रयोग नगर्ने घोषणा गरेको छ । युक्रेनमाथिको आक्रमणको भत्सर्ना गर्दै ईएसएले आफ्नो युसिलिड टेलिस्कोप अन्तरीक्षमा लैजान रुसी रकेटको विकल्पमा स्पेसएक्सको फाल्कोन-९ रकेट प्रयोग गर्ने भएको छ ।

अन्तरीक्षमा देखिने टाढाका तारा र ब्ल्याक होलको अध्ययन गर्नका लागि चीनले सन् २०२३ को डिसेम्बरमा पृथ्वीको तल्लो कक्षमा जुनटियन टेलिस्कोप राख्दै छ ।

प्रकाशित : पुस ९, २०७९ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्

नुन-चामल डिपो माग्दै हस्ताक्षर संकलन

डीबी बुढा

जुम्ला — लामो समयदेखि नुन र चामलको अभाव खेपिरहेका जुम्लाको पातारासी क्षेत्रका स्थानीय बासिन्दा तथा अगुवाहरूले नुन र चामलको डिपो गाउँपालिका केन्द्रमै राखिनुपर्ने माग गरेका छन् । लामो समयदेखि माग गर्दा समेत नुन र चामलको डिपो पाउन नसकेको भन्दै घरदैलोमा पुगेर यहाँ हस्ताक्षर संकलन अभियान चलाइएको छ ।


पाँच केजी नुन र २५ केजी चामलका लागि सदरमुकाम खलंगा आउनुपर्ने झन्झट हटाउन डिपो स्थापना गर्नुपर्ने माग राखेर हस्तक्षर अभियान चलाइएको स्थानीय भक्तबहादुर बुढाले बताए । उनका अनुसार गाउँगाउँमा पुगेर नुन चामलको वितरण केन्द्र राखिनु पर्ने विषयमा दबाब दिन हस्ताक्षर संकलन भइरहेको छ । यसका लागि अहिलेसम्म १ हजार ५ सय ७५ जनाले एकमुष्ट हस्ताक्षर गरिसकेका छन् ।

'गाउँगाउँमा सिंहदरबार भनिएको छ । तर वास्तविकतामा जनताको आधारभूत आवश्यकता पनि गाउँका केन्द्रमा पाइँदैन । सरकार घरदैलोमा आएको अनुभूति कसरी गर्ने ?,' भक्तबहादुरले भने, ‘सामान्य नुनदेखि सुनसम्म पालिका केन्द्रमै पाइनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यही मान्यता पूरा गर्न दबाब दिन यो अभियान थालिएको छ ।’

भक्तबहादुरको अगुवाइमा हस्ताक्षर संकलन अभियान चलिरहेको हो । सदरमुकाम खलंगादेखि पूर्वमा पातारासी गाउँपालिका पर्छ । जसलाई चौधविस क्षेत्र पनि भनिन्छ । उनले भने, ‘भौगोलिक रुपमा विकट छ भन्दैमा राज्यका हरेक सेवा सुविधाबाट बञ्चित गर्न मिल्दैन । अब पातारासीमै नुन र चामलको डिपो सिर्जना गरेर अनुदानको चामल नुन ल्याउनुपर्छ ।’

स्थानीयहरूले संकलन गरेको हस्ताक्षर स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय हुँदै साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालय र खाद्य तथा ब्यापार कम्पनी लिमिटेडमा पठाइनेछ ।

पातारासीमा ७ वडा छन् । तर चामलका लागि यहाँका बासिन्दालाई सदरमुकाम खलंगा धाउनुको विकल्प छैन । पातारासी ३ हुरीमहरी गढीगाउँबाट सदरमुकाम खलंगा आउजाउ गर्न दुई दिन लाग्छ । त्यसैमाथि कच्ची सडकमा निवमित सवारी चल्दैन । गाडीमा ढुवानी गरिएको खाद्यन्न भने अत्यधिक महंगो पर्ने स्थानीयहरूको गुनासो छ ।

त्यसैले पनि पालिकाको केन्द्रमा रहेको लासी बजारमा डिपो चाहिने भन्दै स्थानीयहरूले दबाब दिन थालेको बुढाको भनाइ छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले भने पातारासीका जनताको माग जायज रहेको प्रतिक्रिया दिए । तर केन्द्रीय कार्यालयबाट स्वीकृत नहुँदा डिपो स्थापना गर्न मुस्किल भएको उनले संकेत गरे ।

‘पातारासी गाउँपालिकामा पेस भएको हस्ताक्षर कार्यपालिका बैठकले जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्छ । जिल्ला प्रशासन कार्यालयले सिफारिस पठाएर केन्द्रीय कार्यालयदेखि स्वीकृत भएको खण्डमा उनीहरुको माग सम्वोधन हुन्छ,’ मल्लले भने । अहिले सदरमुकाम खलंगामा पुगेर घण्टौंसम्म लाइन बसेर पनि पर्याप्त नुन र चामल नपाइने भन्दै स्थानीयहरूले वर्षौंदेखि गुनासो गर्दै आएका छन् ।

प्रकाशित : पुस ९, २०७९ १७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×