कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जियोले बनाउँदैछ टिकटकजस्तै ‘प्लाटफर्म’ एप

एजेन्सी

काठमाडौँ — हालै जारी गरिएको प्रेस विज्ञप्ति अनुसार रोलिङ स्टोन्स इन्डिया, क्रिएटिभल्यान्ड एसिया र जिओले ‘प्लाटफर्म’ नामक एप निर्माणमा सहकार्य गरेका छन् । यसको बेटा भर्सन परीक्षणका क्रममा रहेको बताइन्छ ।

जियोले बनाउँदैछ टिकटकजस्तै ‘प्लाटफर्म’ एप

भारतको जियो प्लाटफर्म्स लिमिटेडले टिकटकजस्तै छोटा भिडियोहरू बनाउन र सेयर गर्न मिल्ने एप बनाउने भएको छ । भारतमा टिकटक प्रतिबन्ध छ । त्यसकारण जियोले इन्स्टाग्राम र फेसबुक रिल्स, गुगलको युट्युब सर्ट, सेयरच्याटजस्ता एप तथा फिचरको प्रतिश्पर्धीका रूपमा ‘प्लाटफर्म’ नामक छोटा भिडियोसम्बन्धी एप बनाउन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विज्ञप्तीअनुसार यो एप स्टार इन्टरटेनर्स (चल्तीका मनोरञ्जनकर्ता) का लागि बनाइएको हो । यसमा फलोअरहरू क्रमश: बढ्दै जाने र मोनिटाइजेसनको सुविधा पनि उपलब्ध हुने भनिएको छ । यसमा उपलब्ध हुने नौलो फिचर चाहिँ ‘बुक नाउ’ बटन हो । उक्त बटनमार्फत् फलोअरहरूले कन्टेन्ट क्रिएटरसँग अन्तरक्रिया गर्न सक्नेछन् ।प्लाटफर्म एप क्रिएटर, गायक, कलाकार, संगीतकर्मी, नर्तक, हास्य कलाकार, फेशन डिजाइनर र इन्फ्लुएन्सर (प्रभावशाली व्यक्ति) बन्न चाहने जो कोहीका लागि उपयुक्त हुने भनिएको छ ।

सुरुका १ सयजना सदस्य भने निमन्त्रणाका आधारमा मात्रै एपमा जोडिन सक्ने जिओले जनाएको छ । ती सयजनाले अन्यलाई आमन्त्रण गर्दै एपमा सदस्य संख्या बढाइनेछ । यसमा कन्टेन्ट क्रिएटरका लागि सिल्भर, नीलो र रातो टिक मार्कको तीनथरी भेरिफिकेसन प्रणाली हुने बताइएको छ । आउँदो जनवरीमा एप सार्वजनिक गरिने जिओले जनाएको छ ।

प्रकाशित : मंसिर १२, २०७९ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?