२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भारतमा पहिलो पटक निजी क्षेत्रबाट रकेट प्रक्षेपण

काठमाडौँ — भारतमा पहिलो पटक निजी अन्तरिक्ष कम्पनीले रकेट प्रक्षेपण गरेको छ । भारतको हैदराबादस्थित अन्तरिक्ष कम्पनी स्काइरूट एरोस्पेसले निर्माण गरेको 'विक्रम-एस' रकेट शुक्रबार प्रक्षेपण गरिएको हो । भारतीय अन्तरिक्ष कार्यक्रमका पिता बनेर चिनिने विक्रम साराभाईको नाममा यो रकेटको नामकरण गरिएको निर्माणकर्ताहरूले जनाएका छन् ।

भारतमा पहिलो पटक निजी क्षेत्रबाट रकेट प्रक्षेपण

भारतीय अन्तरिक्ष संस्था (इस्‍रो)को चेन्नाईस्थित प्रक्षेपण केन्द्रबाट रकेट लन्च गरिएको थियो । ५ सय ५५ केजी तौल भएको उक्त रकेट ८९.५ किलोमिटरको उचाइसम्म पुगेर खसेको थियो । यो उचाइ पृथ्वीको कर्मान रेखाभन्दा कम हो । पृथ्वीको कर्मान रेखा सय किलोमिटर माथि छ जसले पृथ्वी र अन्तरिक्षलाई छुट्याउँछ ।

निजी स्तरबाट गरिएको रकेट प्रक्षेपण इस्‍रोले लाइभ प्रसारण गरेको थियो । प्रक्षेपण भएपछि उक्त रकेट ५ मिनेटपछि बंगालको खाडीमा खसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

'मिसन प्रारम्भ' दिइएको उक्त रकेटको सिंगल स्टेज,सोलिड फ्युल रकेट हो । यो रकेटमा कार्बन मिश्रित संरचना र थ्रिडी कम्पोनेन्टको प्रयोग भएको स्काइरूट एरोस्पेसले जनाएको छ ।

थ्रिडी प्रिन्टिङमार्फत उक्त कम्पनीले स्याटेलाइट प्रक्षेपण गर्दा प्रयोग हुने रकेटको निर्माण खर्च ९० प्रतिशतले घटाउने लक्ष्य राखेको थियो । सो कम्पनीले अर्को वर्षदेखि स्याटेलाइट बोकेर रकेटहरु प्रक्षेपण गर्ने योजना छ ।

सन् २०१४मा मंगलयान अर्बाइटर लन्च गरेपछि भारत मंगल ग्रहमा पुग्ने पहिलो एसियाली मुलुक हो । अमेरिकाले अर्बौं डलर खर्चर मंगल ग्रहमा पुगेको थियो भारतले ७४ मिलियन डलरमा 'मंगलयान मिसन' सम्पन्न गरेको थियो ।

इस्‍रोले अघिल्लो महिनामा मात्रै पृथ्वीको तल्लो कक्षमा ३६ वटा स्टेलाइटहरुको सफल प्रक्षेपण गरेको थियो ।

प्रकाशित : मंसिर ३, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?