१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अन्तर्राष्ट्रिय विज्ञान दिवसमा ‘मार्च फर साइन्स’ हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर काठमाडौंमा मार्च फर साइन्स हुने भएको छ । विज्ञानसँग सम्बन्धित गैरसरकारी तथा विभिन्न शैक्षिक संस्थाहरुको ऐक्यबद्धतमा उक्त कार्यक्रम हुन लागेको छ ।

अन्तर्राष्ट्रिय विज्ञान दिवसमा ‘मार्च फर साइन्स’ हुँदै

हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्व विज्ञान दिवस मनाइँदै आइएको छ । मार्च पासमा ‘अबको एजेन्डा विज्ञान संस्कृति र रोजगारी’ भन्ने नारासहित मार्च पास गर्ने आयोजक रिभो साइन्सले जनाएको छ ।

रिभो साइन्सका सञ्चालक लक्ष्मण डंगोलले भने,‘ मार्च फर साइन्स शान्तिपूर्ण प्रभातफेरी हो । विज्ञानका लागि आवाज उठाउनका लागि विद्यार्थी तथा शिक्षकहरु भेला हुन सक्नेछन् । ’

उक्त मार्च पुरानो बसपार्क–भद्रकाली–शहिदगेट–महाकाल–भोटाहिटी–त्रिचन्द्र हुदै रत्नपार्कमा पुगेर कोणसभा हुने डंगोलले बताए ।

मार्चमा वैज्ञानिक संस्थाहरूमा थप रोजगारी, अनुसन्धान तथा विकास, जलवायु परिवर्तनका असर र आधारभूत विज्ञान शिक्षाको एजेण्डा उठान गरिने उनले बताए ।

प्रकाशित : कार्तिक २२, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?