‘विज्ञान र प्रविधिमा लगानी विस्तार, समुन्‍नती र समृद्धिको आधार’ नारासहित विज्ञान दिवस मनाइँदै

काठमाडौँ — १०औं राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान र प्रविधिमा लगानी विस्तार,समुन्नती र समृद्धिको आधार’नारासहित मनाइने भएको छ । अमृत साइन्स क्याम्पसको स्थापना दिनको अवसर पारेर २०७० सालदेखि विज्ञान दिवस हरेक वर्षको असोज १ गते मनाइँदै आइएको छ ।

‘विज्ञान र प्रविधिमा लगानी विस्तार, समुन्‍नती र समृद्धिको आधार’ नारासहित विज्ञान दिवस मनाइँदै

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलदेवी बज्रचार्यले विज्ञान,प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन,अनुसन्धान तथा नवप्रवर्तनीय खोजमूलक विषयहरुका बारेमा आमनागरिकलाई सुसूचित गराउन र वैज्ञानिक तथा नवप्रवर्तन प्रतिभाहरुलाई प्रोत्साहन गर्न यस वर्षको नारा तय गरिएको बताइन् ।

मन्त्रालयले विज्ञान दिवस मनाउनका लागि विभिन्न ९ वटा निजी क्षेत्रले कार्यक्रम गर्दै छन् । सरकारले विज्ञान दिवसको अवसर पारेर हरेक वर्ष एक सातासम्म कार्यक्रमहरु गर्दै आइरहेको छ ।

विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने,वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नव–प्रतिभाहरुलाई प्रोत्साहित र सम्मान गर्ने, अध्ययन अध्ययापनमा विज्ञान शिक्षकलाई आकर्षित गराउने उद्देश्यले मन्त्रालयले विज्ञान दिवस मनाउदै आएको सहसचिव इन्दुविक्रम जोशीले बताए ।

विज्ञान दिवसकै अवसर पारेर मन्त्रालयले विभिन्न विज्ञान तथा प्रविधि प्रदर्शनी समेत गर्दै छ । बीपी प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालयमा विज्ञान तथा प्रविधिसँग सम्बन्धित प्रदर्शनीहरु गरिने जोशीले जानकारी दिए ।

विज्ञान दिवसले हरेक क्षेत्रलाई समेट्ने र विश्वविद्यालय,संघसंस्था तथा निजी क्षेत्रको सहभागीतामूलक सहभागिता हुने सचिव बज्रचार्यले विश्वास व्यक्त गरिन् ।

प्रकाशित : भाद्र २९, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?