३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास पनि असफल

काठमाडौँ — चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास पनि असफल भएको छ । आर्टमिस-१ मिसन अन्तर्गत नासाले स्पेस लन्च सिस्टम(एसएलएस) रकेटमार्फत अन्तरिक्ष यान चन्द्रमामा पठाउने तयारी थियो ।

चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास पनि असफल

केनिडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिरहेको बेला रकेटबाट फ्युल लिक भएपछि मिसन स्थगित गरिएको नासाले जनाएको छ । नासाले यसअघि अगस्ट २९ तारिखमा पनि प्रक्षेपण गर्ने तयारी गरेको थियो तर इन्जिनमा केही समस्या देखिएपछि स्थगित भएको थियो ।

अगस्ट २३ देखि सेप्टेम्बर ६ सम्म १२ वटा प्रक्षेपण गर्ने अवसर थियो । तीमध्ये नासाले अगस्ट २९ र सेप्टेम्बर ३ तारिखमा प्रक्षेपण गर्न खोजेको थियो ।

अब सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म प्रक्षेपण गर्ने १४ वटा अवसरहरु छन् । तीमध्ये कुन समयमा प्रक्षेपण गर्ने भन्नेबारे नासाले मिति टुंग्याएको छैन ।

नासाले बनाएको एसएलएस रकेट संसारकै सबैभन्दा अग्लो रकेट रहेको बताइएको छ । यो रकेटको उचाइ ३ सय २१ फिट रहेको छ ।

आर्टिमिस १ मिसनको पहिलो उद्देश्ये भनेकै एसएलएस रकेटको प्रक्षेपण हो । यही रकेटमा रहेको ओरियन-मल्टिप्रपोज क्रु भेकल(एमपीसीभी)क्याप्सलले नै अन्तरिक्षयात्रीहरुलाई चन्द्रमामा पुर्‍याउने नासाले जनाएको छ ।

नासाको आर्टिमिस मिसन अन्तर्गत चन्द्रमामा पहिलो पटक महिलालाई अवतरण गराउने लक्ष्य छ । आर्टिमिस २ को लन्च सन् २०२४मा हुने नासाले जनाएको छ । उक्त मिसनमा मानव समेत हुनेछन् ।

प्रकाशित : भाद्र १९, २०७९ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?