२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपाल तेस्रो

काठमाडौँ — अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको खुशियालीमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसस्थित रोबोटिक क्लबले बिहीबार विशेष समारोहमा आफ्नो दुई दशकको यात्राबारे जानकारी दिएको छ । 

अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपाल तेस्रो

रोबोटिक क्लबले भारतको ‘ए’ टिम, भारतको ‘बी’ टिम, जापान, थाइल्यान्ड, चीनलगायत देशलाई पछाडि पार्दै रोवोकोन २०२२ मा तेस्रो स्थान हासिल गरेको हो । यो सँगै ‘नागासे अवार्ड’समेत नेपालले प्राप्त गरेको छ ।

क्लबका प्रशिक्षक रमेश चौधरीको अनुसार गत आइतबार भएको १२ राष्ट्रका १३ टोलीले भाग लिएको रोबोट प्रतियोगितामा नेपाल हङकङसँग मात्र पराजित भएको थियो । नम्बरको आधारमा यो प्रतियोगितामा हङकङ पहिलो स्थान प्राप्त गरेको हो ।

क्लबले सन् २००२ देखि अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा कुनै न कुनै पुरस्कार प्राप्त गर्दै आएको प्रशिक्षक चौधरीले बताए । एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन (एवीयु)ले सन् २००० देखि बर्सेनि विभिन्न देशहरूमा विश्वविद्यालयस्तरीय रोबोट प्रतियोगिता आयोजना गर्दै आएको छ । सन् २००१ देखि निरन्तर रोबोटिक क्लब ‘एवीयु रोवोकोन’मा सहभागी हुँदै आएको छ ।

प्रकाशित : भाद्र ९, २०७९ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?