साढे ४ अर्ब वर्षअघिको ब्रह्माण्डको तस्बिर सार्वजनिक- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साढे ४ अर्ब वर्षअघिको ब्रह्माण्डको तस्बिर सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नासाको जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको ब्रह्माण्डको गाढा चहकिलो स्पष्ट इन्फ्रारेड तस्बिर सार्वजनिक गरिएको छ । ह्वाइट हाउसमा सोमबार आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नासाका अधिकारीहरुले जेम्स बेब टेलिस्कोपले खिचेको उक्त तस्बिर देखाएका थिए ।

तस्बिरमा SMACS 0723 नाम गरेको एउटा तारापुञ्जको समूहलाई कैद गरिएको छ । यो ४.६ अर्ब प्रकाश वर्ष दूरीमा छ । गत वर्षको डिसेम्बरमा ब्रह्ममाण्डको अन्वेषण गर्नका लागि नासाले यो टेलिस्कोपलाई अन्तरिक्षमा पठाएको थियो । नासाले सार्वजनिक गरेको यो तस्बिर ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा सघन र स्पष्ट तस्बिर भएको बताइएको छ । तस्बिरमा हजारौं आकाशगंगाहरु जेम्स वेब टेलिस्कोपको एउटा तस्बिरमा अटाएको नासाले जनाएको छ ।

हाम्रो आकाशगंगा तारापुञ्जभन्दा धेरै टाढा रहेका अन्य तारापुञ्जहरु तस्बिरमा कैद छन् । कैद भएको तस्बिरमा देखिएका ताराहरुबाट निस्केको प्रकाश सौर्यमण्डल आइपुग्‍न अर्बौं वर्ष लागेका तारापुञ्जको प्रकाशसमेत कैद भएको नासाले बताएको छ । यसअघि नासाको हब्ल स्पेस टेलिस्कोपले खिचेको तस्बिरभन्दा यो तस्बिर धेरै नै सघन र स्पष्ट छ ।

यो तस्बिर टेलिस्कोपको नियर-इन्फ्रारेड क्यामेरा(एनआईआर क्याम) ले कैद गरेको हो । सार्वजनिक गरिएको यो तस्बिर एनआई क्यामले साढे १२ घन्टासम्मको अवलोकन गरेर निकालेको नासाले जनाएको छ । हबल स्पेस टेलिस्कोपले यस्तै खालका तस्बिर खिच्‍नका लागि हप्तौं लगाउने नासाद्वारा जारी सूचनामा उल्लेख छ ।

नासाले सार्वजनिक गरेको यो तस्बिर टेलिस्कोपको पहिलो पूर्ण रंगिन तस्बिर रहेको जनाएको छ । यस सम्बन्धी अन्य तस्बिर र विवरण नासाले अमेरिकाको स्थानीय समयअनुसार मंगलबार सार्वजनिक गर्दै छ ।

नासाका दोस्रो प्रशासक(प्रमुख) रहेका जेम्स वेबको नाममा यो टेलिस्कोप तयार गरिएको हो । जेम्स वेब सन् १९६१ देखि १९६८ सम्म नासाको प्रमुख थिए । ब्रह्माण्डको धेरै टाढा, कुना,कुना र विगतबारे थाहा पाउनु यो टेलिस्कोपले उद्देश्य रहेको छ । सन् २०२१को डिसेम्बरमा प्रक्षेपण गरिएको थियो । यो टेलिस्कोपले हामीले यसअघि कहिल्यै नदेखेको समयको बारेमा पनि अध्ययन गर्ने नासाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : असार २८, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोमा पुरिएर वृद्धको मृत्यु

हरिराम उप्रेती

गोरखा — दाउरा काट्न जंगलमा पुगेका सिरानचोक गाउँपालिका–६ गैरी गाउँका ८० वर्षीय सुकबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको छ । 

मंगलबार साँझ गैरी गाउँस्थित जंगलबाट दाउरा बोकेर फर्कँदै गरेका गुरुङलाई अचानक खसेको सुख्खा पहिरोले पुरेको जिल्ला प्रहरी कार्यलय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।

‘दाउरा खोजेर फर्कँदै गर्दा पहिरो खसेर टाउको र दाहिने हात च्यापिएछ,’ उनले भने । उद्धार गर्दा गुरुङको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जौवारी र प्रहरी चौकी नयाँ साँघुबाट प्रहरी टोली घटनास्थल पुगेको छ । प्रारम्भीक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७९ २०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×