कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

शिक्षामा विज्ञान प्रविधिलाई अनिवार्य जोडौैं : थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा विज्ञान प्रविधिले ठूलो फड्को मारेकाले  शिक्षाका सबै क्षेत्रमा यसलाई जोडेर व्यावहारिक ज्ञान दिंदै जानुपर्ने बताएका छन् ।

शिक्षामा विज्ञान प्रविधिलाई अनिवार्य जोडौैं : थापा

आदिम नेसनल कलेजले आयोजना गरेको ‘साइन्स एन्ड आइटी एक्जिबिसन’मा सहभागी हुँदै थापाले नेपालका हरेक शैक्षिक संस्थाहरूले पाठ्यक्रम पठनपाठनका साथै व्यवहारिक ज्ञानमा समेत जोड दिनुपर्ने बताए ।

प्रदर्शनीमा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का ७० जना विद्यार्थीहरूले बनाएका गरेका ड्रोन टेक्नोलोजी, स्मार्ट सिटी, ब्लुटुथ प्रविधि, स्मार्ट डस्टबिन, अटोमेटिक सडक बत्ती, पुलिस लाइट तथा साइरनलगायत सामग्री प्रदर्शनमा राखिएको छ । तल्लो तहका विद्यार्थीले यस्ता आविष्कार गर्न सकेको उल्लेख गर्दै उनले दक्ष र सृजनशील जनशक्ति उत्पादन गर्नु सबैको दायित्व भएको बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले युवाहरू देश निर्माणको खम्बा भएकाले अहिलेदेखि नै बलियो बनाउन जरुरी रहेको बताए । स्कुल कलेजको सिकाइ जुन गति र तरिकाले अगाडि बढ्दैछ त्यसमा परिवर्तन ल्याउन आवश्यक भएको उनले उल्लेख गरे ।

प्रकाशित : चैत्र १४, २०७८ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?