२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सौर्य मण्डलभन्दा बाहिर ५ हजार बढी ग्रह

काठमाडौँ — सौर्य मण्डल बाहिर ब्रह्माण्डमा ५ हजारभन्दा बढी बाह्य ग्रहहरूको पहिचान भएका छन् । अमेरिकी अन्तरिक्ष संस्थाले नासाले हालसम्म एक्जो प्लानेट्स(बाह्य ग्रह)को संख्या ५ हजार नाघेको पुष्टि गरेको हो ।

सौर्य मण्डलभन्दा बाहिर ५ हजार बढी ग्रह

बाह्य ग्रह खोजी गर्न थालिएको ३० वर्षपछि यसको संख्या ५ हजार नाघेको सोमबार नासाद्वारा जारी विवरणमा उल्लेख छ । सन् १९९२मा पहिलो पटक सौर्य मण्डलभन्दा बाहिर अवस्थित बाह्य ग्रह पत्ता लागेको थियो ।

सोमबार थप ६५ वटा बाह्य ग्रह रकेर्ड भएसँगै यसको संख्या ५ हजार ५ पुगेको छ । एक्जो प्लानेट्सको अर्काइभ रेकर्डसमा विभिन्न वैज्ञानिक जर्नल, पहिचानलगायत अन्य स्रोतबाट प्राप्त तथ्यांकलाई आधार मानेर बाह्य ग्रहको विवरण छ ।

पुष्टि भएका बाह्य ग्रहहरूमध्ये केही साना, पृथ्वी जस्तै चट्टानबाट बनेका, केही ग्यासबाट बनेका, बृहस्पतिभन्दा ठूला आकारका छन् । यी ग्रहहरुले आ-आफ्ना ताराको परिक्रमा गर्छन् ।

विशाल ब्रह्माण्डमा अन्य कयौं तारापुञ्जहरू रहेका छन् जसको पहिचान हुन सकेका छैन । 'यो एउटा संख्या मात्रै हैन,' नासाको एक्जोप्लान्टे साइन्स इन्सिटिच्युटका अर्काइभ एन्ड रिसर्च वैज्ञानिक जेसिइ क्रिस्टिएनसेनले भने, 'हरेक संख्या एउटा नयाँ संसार हो । एउटा नयाँ ग्रह । ती हरेक ग्रहको बारेमा हामीलाई विस्तृत विवरण थाहा छैन ।'

नासाका अनुसार पहिचान भएका ३० प्रतिशत बृहस्पतिभन्दा ठूला छन् । ४ प्रतिशत पृथ्वी जत्रो आकार भएका चट्टानले बनेका छन् । यस्तै, ३१ प्रतिशत 'सुपर-अर्थ' आकारका छन् । सुपर अर्थ आकारलाई नासाले पृथ्वी र वरुण ग्रहभन्दा ठूलो र चट्टानले बनेका उल्लेख छ । यस्तै, ३५ प्रतिशत वरुण ग्रह आकारका छन् ।

प्रकाशित : चैत्र ८, २०७८ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?